देश

काठमाडौं । ललितपुरको इमाडोलमा केटी साथीको कोठामा गएका एक युवकको मृत्यु भएको छ । सोमबार राति भाडामा बस्ने एक युवतीको कोठामा गएका इमाडोलका ३१ वर्षीय जीवेश अधिकारीको ज्यान गएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीका अनुसार, गए राति नै उपचारका लागि किस्ट अस्पताल लगिएकामा चिकित्सकले आज बिहान ७:३० बजे अधिकारीलाई मृत घोषणा गरेका हुन् ।
घटनाबारे आज बिहानमात्रै थाहा पाएको प्रहरीले अनुसन्धान थालेको छ ।
प्रहरीको प्रारम्भिक सोधपुछबाट युवती काभ्रेको भएको खुलेको छ । उनको उमेर २२ वर्ष हो । राति अचानक बेहोस भएपछि युवतीले नै उनलाई अस्पताल पुर्याएकी थिइन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२ १०:१८
प्रतिक्रिया दिनुहोस्