site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
अन्तरिक्षमा कति छ फोहोर ?, स्याटेलाइट एक–आपसमा ठोक्किने सम्भावना कति ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए)का अनुसार अन्तरिक्षमा १० सेन्टिमिटर (करिब ४ इञ्च) भन्दा ठूला फोहोरका टुक्राहरू ३६ हजार ५०० भन्दा बढी छन् ।

पृथ्वीबाट प्रक्षेपण हुने स्याटेलाइटहरू र स्याटेलाइट प्रक्षेपण गर्न प्रयोग हुने रकेट समयावधि सकिएसँगै फोहोरका रुपमा अन्तरिक्षमा रहन्छन् । अन्तरिक्षमा पठाइने यस्तो उपकरणहरू एक आपसमा ठोक्किएर थप टुक्रिन्छन् ।

नासाका अनुसार यस्ता फोहोरका टुक्राहरू प्रतिघण्टा २८ हजार किलोमिटर भन्दा तीब्र गतिमा अन्तरिक्षमा घुमिरहेका हुन्छन् । यसकारण सानो फोहोरको टुक्राले समेत अन्तरिक्षमा सक्रियरुपमा काम गरिरहेको स्याटेलाइटलाई क्षति पुर्‍याउन सक्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

युरोपेली अन्तरिक्ष एजेन्सीले एक सेन्टिमिटरदेखि १० सेन्टिमिटरसम्मका फोहोरका टुक्राको संख्या १० लाख भन्दा बढी रहेको जनाएको छ ।

एक मिलिमिटरदेखि एक सेन्टिमिटरसम्मका फोहोरका टुक्राको संख्या १० करोड भन्दा बढी रहेको नासाको तथ्यांकमा छ । ईएसएको विश्लेषणले यो संख्या १३ करोड भन्दा बढी रहेको देखाउँछ ।

Global Ime bank

कति स्याटेलाइट पठाइए अन्तरिक्षमा
तत्कालीन सोभियत संघले सन् १९५७ को अक्टोबर ४ मा पृथ्वीबाट पहिलो मानव निर्मित भूउपग्रह अथवा स्याटेलाइट स्पुतनिक–१को प्रक्षेपण गर्दै अन्तरिक्ष युगको सुरुआत  गरेको थियो ।

ईएसएका अनुसार त्यतिबेलादेखि हाल (पछिल्लो तथ्यांक २०२२ को डिसेम्बर २२) सम्म ६ हजार ३७० वटा रकेट प्रक्षेपण भएका छन् ।

यी रकेट प्रक्षेपणमार्फत १५ हजार ७० स्याटेलाइट अन्तरिक्षमा अथवा पृथ्वीको कक्षमा तैनाथ गरिएको छ । ती मध्येका ९ हजार ७९० स्याटेलाइट अहिले पनि अन्तरिक्षमै छन् भने, यी मध्ये पनि ७ हजार २०० स्याटेलाइट सक्रिय सञ्चालनमा छन् ।

अन्तरिक्ष निगरानी नेटवर्कहरूले नियमित निगरानी गरेको फोहोरका टुक्राको संख्या ३२ हजार ३०० रहेको छ ।
अन्तरिक्षमा छुटेका स्याटेलाइट र रकेटहरू एक आपसमा ठोक्किएको, टुक्रिएको र विस्फोट भएर थप टुक्रिएको घटनाको संख्या ६४० भन्दा बढी छ ।

यसरी अन्तरिक्षमा पृथ्वीको कक्षमा रहेको सबै वस्तुको तौल १० हजार ७०० टन अर्थात् एक करोड ७ लाख किलोग्राम भन्दा बढी छ ।

स्पेसएक्सको स्टारलिंक, वानवेब र अमेजनको कुइपरजस्ता स्याटेलाइट इन्टरनेट सेवा दिने उद्देश्यका कम्पनीहरूले हजारौंको संख्या अन्तरिक्षमा स्याटेलाइट राख्ने उद्देश्य राखेका छन् ।

यसले अन्तरिक्षमा स्याटेलाइटहरूको व्यवस्थापन गर्न समस्या निम्त्याएको र एक आपसमा ठोक्किने जोखिम झनै बढ्ने निश्चित छ ।  

हावर्ड स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका खगोलविद् एवं खगोल भौतिकशास्त्री जोनाथन म्याकडोवेलले अन्तरिक्षमा दुई वस्तु ठोक्किने अवस्थामा पुग्ने सम्भावना २०२० को तुलनामा २०२२ मा १३४ प्रतिशत बढेको बताएका छन् । २०२१ मा यो सम्भावना २०२० को भन्दा ५८ प्रतिशतले बढेको बताएका छन् ।

गत जनवरी २७ मा दुईवटा सोभियतकालीन् रकेटका टुक्राहरू एक आपसमा ठोक्किन ६ मिटरको दुरीले जोगिएका थिए । ठोक्किएको अवस्थामा यसबाट थप हजारौं जोखिमपूर्ण टुक्राहरू बन्ने थिए । नासाईएसए 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC