site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नर्भिकको आईभीएफमा उपचार गराएका दम्पतीले अस्ट्रेलियामा जन्माए चम्ल्याहा 
फोटो स्रोत :https://honey.nine.com
Sarbottam CementSarbottam Cement

काठमाडौं । अष्ट्रेलिया बस्ने एक नेपाली दम्पतीले चम्ल्याहा सन्तानलाई जन्म दिएका छन् । 

अस्ट्रेलियाको दक्षिण ब्रिस्बेनको मेटर मदर्स अस्पतालमा ४४ वर्षीया अरुणा सिंहले तीन छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । आमा र शिशुहरूको स्वास्थ्य अवस्था सामान्य रहेको उनका श्रीमान योगेश सिंहले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रसूतिको मितिभन्दा एघार हप्ता अगाडि जन्मिएका उनीहरूलाई  अहिले अस्पतालले विशेष निगरानीमा राखेर हेरचाह गरिरहेको छ ।

लामो समयदेखि सन्तान हुन नसकेका सिंह दम्पतीले एक वर्षअघि नेपाल आएर नर्भिक आईभीएफ सेन्टरमा १४ हप्तासम्म उपचार गराएको नर्भिक आईभीएफ सेन्टरले जनाएको छ । अरुणा र ४७ वर्षीय योगेशको नर्भिक आईभीएफको उपचारपछि पहिलो प्रयासमा नै सन्तान भएको हो । 

Global Ime bank

अस्ट्रेलियामा चम्ल्याह सन्तान जन्माउनुलाई दुर्लभ मानिन्छ । अस्पतालका अनुसार पछिल्लो चार वर्षमा सो अस्पतालमा जन्मिने बच्चाहरूमध्ये चम्ल्याहा भएको यो पहिलो घटना हो । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC