site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
अप्रिलदेखि बन्द हुँदै फेसबुकको इन्स्टान्ट आर्टिकल
Sarbottam CementSarbottam Cement

काठमाडौं । फेसबुकको मुख्य कम्पनी मेटाले आउँदो महिना अर्थात् अप्रिलदेखि इन्स्टान्ट आर्टिकल बन्द गर्ने भएको छ । सन् २०१५ मा मेटाले फेसबुकमै ‘एचटीएमएल डोकुमेन्ट फर्मेट’का रूपमा इन्स्टान्ट आर्टिकल सञ्चालनमा ल्याएको थियो ।

कुनै पनि वेबसाइटले आफ्नो फेसबुक पेजमा लिंकसहित समाचार सेयर गर्दा उक्त समाचार सम्बन्धित वेबसाइटमै गएर खुल्छ । तर, इन्स्टान्ट आर्टिकलका रूपमा सेयर गरिएमा उक्त पूरै समाचार फेसबकुमै चार गुणा छिटो खुल्छ ।

इन्स्टान्ट आर्टिकलका रूपमा देखिने समाचारका बीचमा फेसबुकले विज्ञापन देखाउँछ । त्यसबापतको रकम फेसबुकले समाचार प्रकाशकलाई पनि दिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

इन्स्टान्ट आर्टिकल बन्द गर्ने, समाचार देखाउन सञ्चालनमा ल्याएको न्युज ट्याब र बुलेटिन न्युजलेटर पनि बन्द गरेसँगै मेटाले समाचार स्रोतहरूमा आफ्नो लगानी घटाउँदै लगेको देखिन्छ ।

इन्स्टान्ट आर्टिकल बन्द गर्नेबारेमा मेटाकी प्रवक्ता एरिन मिलरले गएको अक्टोबरमै भनेकी थिइन्, “अहिले फेसबुकमा ३ प्रतिशतभन्दा कम मानिसले लिंकसहितको समाचार हेर्ने गर्छन् । त्यसैले व्यावसायिक रूपमा प्रयोगकर्ताको आबद्धता नभएको क्षेत्रमा लगानी गर्नुको कुनै औचित्य रहँदैन ।”

Global Ime bank

यसको सट्टा फेसबुकले टिकटक र युट्युबझैँ भिडियो ‘कन्टेट’मा बढी ध्यानकेन्द्रित गरेको छ ।

मेटाको एक अनुसन्धानले केही पेजहरूले बढी ‘भ्युज’ पाउनका लागि गलत र भ्रामक सूचना इन्स्टान्ट आर्टिकलका रूपमा प्रकाशित गरेको देखाएको थियो । यस्तो अवस्थामा मेटा आफैँले गलत सूचना प्रकाशित गरेर आम्दानी गरेको ठहर्छ ।

मेटाले विश्वभर ३७ हजारभन्दा बढी पेजहरूले इन्स्टान्ट आर्टिकल प्रकाशित गर्दै आएको जनाएको छ । नेपालमा पनि थुप्रै अनलाइन मिडियाले आफ्नो फेसबुक पेजमार्फत इन्स्टान्ट आर्टिकल प्रकाशित गर्दै आएका छन् । कतिपयले त यसलाई नै आम्दानीको स्रोत बनाएका छन् ।

इन्स्टान्ट आर्टिकल बन्द गरिँदा यसको प्रयोग गर्ने मिडियाको आम्दानीमा गिरावट आउँछ । यस्तै, यसैलाई आधार बनाएर उच्च आम्दानी गर्न भ्रामक सूचना प्रकाशित गर्ने मिडिया विस्थापित हुने सम्भावना समेत देखिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC