site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंका सबै वडामा आजदेखि दोस्रो बुस्टर डोज दिइँदै
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौं जिल्लामा आजदेखि कोरोनाविरुद्धको दोस्रो बुस्टर डोज खोप दिइँदै छ । 

स्वास्थ्य कार्यालय काठमाडौंले पाँचवटा वर्गलाई प्राथमिकतामा राखेर फाइजर बाइभ्यालेन्ट खोप दिन लागेको हो ।

५५ वर्षमाथिका नागरिक, गर्भवती, स्वास्थ्यकर्मी तथा १२ वर्षमाथिका दीर्घरोगी र रोग प्रतिरोधी क्षमता कम भएकालाई खोप दिइनेछ । 

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बसन्त अधिकारीका अनुसार सबै वडास्तरका वडा किलनिकहरूबाट खोप दिन लागेको हो । पहिलो बुस्टर डोज लगाएको ६ महिना पुरा भएकाहरूले दोस्रो बुस्टर खोप लगाउन मिल्छ ।

फाइजर बाइभ्यालेन्ट खोपले ओमिक्रोनका नयाँ सब भेरियन्टविरुद्ध पनि काम गर्ने जनाइएको छ । काठमाडौंमा आजदेखि तीन दिनसम्म यो खोप दिइनेछ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १२:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro