site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विराट गोल्डकप चैत ९ गतेदेखि, आठ टिम सहभागी हुने
फाइल तस्बिर।
Tiktok banner adTiktok banner ad

विराटनगर । विराटनगर गोल्डकपमा यस वर्ष आठ फुटबल क्बलले सहभागिता जनाउने भएका छन् ।

चैत ९ देखि १७ गतेसम्म विराटनगरस्थित सहिद रंगशालामा आयोजना हुने प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपालका तीन विभागीय टोली एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लबसँगै संकटा क्लब, जवालाखेल युथ क्लब र घरेलु टोली विराटनगर सिटी फुटबल क्लब सहभागी हुनेछन् ।

दिल्ली एफसी र केरलाको लुका सकर क्लब सहभागी नहुने भए पनि दिल्लीको ठाउँमा ड्रयुक लयुल फुटबल क्लब भुटान सहभागी हुने भएको छ ।

गोल्डकपको विजेताले नगद २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार पुरस्कार प्राप्त गर्नेछन् । अघिल्लोपटकको प्रतियोगिताको विजेताले १५ लाख १५ हजार र उपविजेताले सात लाख ५१ हजार पुरस्कार प्राप्त गरेका थिए ।

एन्फा उपमहासचिव वसन्त अर्यालका अनुसार वि.स. २०१८ सालमा विराटनगरमा पहिलोपटक गोल्डकप आयोजना भएको थियो । २७औँ संस्करणसम्म महेन्द्र गोल्डकपको नाममा हुँदै आएको प्रतियोगिताको नाम २०६८ मा फेरिएको हो । 

नयाँ नाममा यो सातौँ प्रतियोगिता हो । गोल्डकप आयोजना गर्न दुई करोड ५० लाख खर्च हुने विराट गोल्डकप ट्रस्टले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १८:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro