site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दीपकराज गिरीलाई प्रश्न– ‘छक्का पञ्जा–४’को सहकारी सम्बन्धी संवादमा किन ‘बिप’ ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा–४’ले प्रदर्शनरत चलचित्रको सहकारीसँग सम्बन्धित संवाद ‘म्युट’ गरेको छ । सहकारी महासंघको आग्रहअनुसार निर्माण पक्षले उक्त संवाद ‘म्युट’ गरेको हो । 

“मलाई सहकारीसँग सम्बन्धित संवाद म्युट गरिदिन आग्रह आयो । मैले यो मलाई दिइएको दबाब हो कि अनुरोध भनेर प्रश्न गरेँ,” दीपकराज गिरी बाह्रखरीसँग भन्छन्, “दबाब दिन खोजिएको हो भने म हटाउँदिन भनेँ, आग्रह हो भने ठिकै छ बिप हालौंला भनेर उक्त संवादमा बिप हाल्न हामी सहमत भएका हौँ ।” 

महासंघले अघिल्लो हप्ता नै चलचित्र विकास बोर्डमा उक्त संवाद हटाउन आग्रह गर्दै निवेदन दिएको थियो । सहकारीमा अरबौँ रुपैयाँ निक्षेप रहेको र त्यसमा चलचित्रको सानो संवाद हटाउँदा सहज हुन्छ भने ठिकै छ भनेर आफूहरू तयार भएको दीपक स्पष्ट पार्छन् । हिजाेबाट उक्त संवादमा बिप हालिएकाे छ ।

यद्यपि, यो प्रवृत्ति गलत भएको दीपक बताउँछन् । चलचित्र साहित्य पनि भएको र यसको स्वतन्त्रताको महत्त्व पनि सम्बन्धित पक्षले भुल्न नहुनेमा उनको जोड छ । “यो प्रवृत्ति भने ठिक होइन । यो राम्रो संकेत पनि होइन । सहकारीको निक्षेपसँग जोडिएकाले मात्रै म संवाद म्युट गर्न तयार भएको हुँ,” दीपक स्पष्ट पार्छन्, “होइन मलाई जबरजस्ती दबाब दिइएको र हटाउनै पर्छ भनेर धम्की दिएको भए म चलचित्र हलबाट उतारेर सडकमा आउँथें ।”

उनले सिनेमा व्यापार मात्रै नभएको भन्दै यसले उठाउने विषय र व्यंग्यलाई सामना गर्न पनि सक्नु पर्नेमा उनको जोड छ । होइन आफूलाई चित्त नबुझे बिरोध गरिहाल्ने र हटाइहाल्ने हो भने त्यसले भोलिका दिनमा समस्या सिर्जना गर्ने दीपक सुनाउँछन् । “यस्ता संस्थाको सरकारको माथिल्ला निकायसम्म पहुँच हुन्छ । आफूलाई चित्त नबुझेका हरेक सिन र संवाद हटाउन दबाब दिने हो भने भोलि सबैले त्यसै गर्न थाल्छन्,” दीपक भन्छन्, “हामी कलाकारको त सरकारी उच्च निकाय र व्यक्तिसँग पहुँच हुँदैन । हाम्रो पहुँच त दर्शकसँग मात्रै हो ।” त्यसैले सिर्जनाको स्वतन्त्रताको विषयमा ख्याल गर्नु पर्नेमा उनको जोड छ । 

‘छक्का पञ्जा–४’ले दुई हप्तामा १५ करोड रुपैयाँ ग्रसकलेक्सन गरिसकेको छ ।  सुरुका चार दिनमा करिब सात करोड रुपैयाँ ग्रसकलेक्सन गरेको चलचित्रले दुई हप्तामा १५ करोड रुपैयाँभन्दा माथि ग्रसकलेक्सन गरेको हो । 

चलचित्र ‘छक्का पञ्जा–४’ दीपकराज गिरी, केदार घिमिरे, बुद्दि तामाङ, दीपाश्री निरौलालगायत कलाकार मुख्य भूमिकामा  छन् । चलचित्रलाई हेमराज बिसीले निर्देशन गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro