site stats
खेल
इन्डो–नेपाल महिला क्रिकेटमा भारत विजयी

विराटनगर । विराटनगरमा जारी प्रथम रेडमन्ड इन्डो–नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा घरेलु टोली विराटनगर क्रिकेट क्लब एन्ड एकाडेमी (बीसीसीए) भारतको अल इन्डिया वुमन टी–२० क्रिकेट एसोसिएसन पराजित भएको छ । 

जितसँगै भारतले चार खेलको श्रृंखला १–१ को बराबरीमा ल्याएको छ ।

S.A.U
Agani Group

पहिलो खेलमा भारतलाई नौ विकेटले पराजित गरेको नेपाली टोली आइतबार भएको खेलमा ६ विकेटले पराजित भएको हो । 

नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ मा रहेको मेल्बन ज्वाला क्रिकेटको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा १८ ओभर दुई बलमा  सबै विकेट गुमाएर ९७ रनको सामान्य स्कोर बनाएको थियो ।

Global bank

घरेलु टोलीका लागि सम्झना खडकाले २१ रन बनाउँदा कविता जोशीले १८ रन र काजल श्रेष्ठले १२ रनको योगदान दिएन् । भारतकी वैदथिया विनोदाले चार ओभरमा एक मेडन राख्दै चार विकेट लिइन् । उनी खेलको प्लेयर्स अफ द म्याच समेत घोषित भइन् । त्यस्तै, कप्तान रुतु भोस्ले तीन विकेट लिँदा भड्ला ममथाले दुई विकेट लिइन् ।

जवाफमा ९८ रनकोे लक्ष्य पछ्याएको भारतीय महिला टोलीले १९ ओभर एक बलमा चार विकेट गुमाएर सो विजयी लक्ष्य भेट्टाएको थियो । भारतकी रिया दर्वालले अविजित २१ बनाउँदा रिना रानीले पनि २१ रन बनाइन्  । नेपालकी सरस्वती चौधरीले दुई विकेट लिँदा सवनव राईले एक विकेट लिइन् ।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १९:०९
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय