site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोध
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल उसु महासंघको अध्यक्षमा पूर्वखेलाडी जनकप्रसाद बर्तौला निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न महासंघको साधारणसभाले बर्तौला अध्यक्ष रहनेगरी २० सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । 

महासंघको वरिष्ठ उपाध्यक्षमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वकोषाध्यक्ष शैलेश कर्माचार्य, उपाध्यक्षमा अभिषेक विक्रम शाह र दीपक लामा, महासचिवमा नवराज ढुंगाना, उप–महासचिवमा राजीव महर्जन, सचिवमा नवीन बस्नेत र कोषाध्यक्षमा शंकर भुजेल निर्विरोध चुनिएका छन् ।

यस्तै, सदस्यमा शुभराम मुनङ्गकर्मी, लव ढुंगाना, नवीन महर्जन, राजेन्द्रकुमार राई, डम्बर यादव, शर्मिला कारिन्जत, अन्जली थापा, लकबहादुर चौधरी, जनकराज उपाध्याय, अजय बुढाथोकी, गजराज खड्का र रामबहादुर राना भुषाल चयन भएका छन् ।

राखेपले गत पुस ५ गते तीन महिनाभित्र विधान स्वीकृत गराइ निर्वाचन सम्पन्न गर्ने गरी बर्तौलाकै अध्यक्षतामा नेपाल उसु महासंघको तदर्थ समिति गठन गरेको थियो ।

नव–निर्वाचित पदाधिकारीहरूलाई राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत प्रेमबहादुर मल्लले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुका साथै प्रमाण पत्र प्रदान गरेका छन् । 

साधारण सभामा केन्द्र, चार प्रदेश र विभिन्न ३० जिल्लाका ६९ प्रतिनिधिको उपस्थिति रहेको निर्वाचन समितिको कार्यालयले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १५:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro