site stats
खेल
दशरथ रंगशालामा क्रिकेट खेलाडी सम्मानित

काठमाडौं । एमडीएसी स्पोर्ट्सले आईसीसी विश्वकपको ग्लोबल छनोटमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरेको छ ।

ए डिभिजन लिगको मार्केटिङ कम्पनी समेत रहेको एमडीएसीले शनिबार दशरथ रंगशालामा राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरेको हो । 

S.A.U
Agani Group

ए डिभिजन लिगअन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लबबीचको खेल दौरान अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलगायतले क्रिकेट खेलाडीलाई सम्मान गरेका हुन् ।

विश्वकप क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप छनोटमा सोझै छनोट भएको भन्दै क्रिकेट टिमलाई सम्मान गरिएको एमडीएसी स्पोर्ट्सले जनाएको छ । 

Global bank

लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा बिहीबार यूएईलाई पराजित गर्दै नेपाल जिम्बाब्वेमा आयोजना हुने विश्वकप छनोटमा सोझै छनोट भएको थियो । 

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १९:३०
प्रतिक्रिया दिनुहोस्