site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘एफआईटी’ बन्द हुँदा पर्यटकलाई सुरक्षा, दक्ष जनशक्तिलाई रोजगारी सुनिश्चित
फाइल तस्बिर।

काठमाडौं । नेपाल पर्यटन बोर्डले आगामी अप्रिल १ देखि ‘फ्री इन्डिभिजुअल ट्रेकर (एफआईटी) बन्द गरेको छ । यो व्यवस्था लागु भएसँगै विदेशी पर्यटकले पदयात्रामा जाँदा अनिवार्य गाइड राख्नुपर्ने हुन्छ । यसअघि, एफआईटी प्रणालीबाट टिप्स लिएर विदेशी पर्यटकहरु बिनागाइड पदयात्रामा जाने व्यवस्था थियो ।

पर्यटन बोर्डको तथ्याङ्कअनुसार नेपालमा टे«किङ्ग गर्न आउने कूल पर्यटकमध्ये ३० प्रतिशत एफआईटीवाला रहेको र उनीहरूबाट हुने कूल आय ४७ प्रतिशतको हाराहारीमा थियो ।

नेपालमा कोभिड–१९ सुरु हुनुभन्दा अगाडि वार्षिक करिब ४६ हजार पर्यटक ‘फ्री इन्डिभिजुअल ट्रेकर (एफआईटी)’का रुपमा आउने गरेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताउँछन् ।

पर्यटक नहराउने र गन्तव्य सुरक्षित हुने अपेक्षा

नेपालको साहसिक गन्तव्यमा गरिने पदयात्रामा पर्यटकको सुरक्षाको ग्यारेन्टीका लागि यो निर्णय गरिएको पर्यटन बोर्डले जनाएको छ । यसरी जाने पर्यटक तथा गाइड दुवैको बिमासमेत गरिनेछ । 

पर्यटन बोर्ड तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड बिक्रीको अनुमति पाएका निकायबाट टिम्स कार्ड लिएर एक्लै भ्रमणमा जाँदा पदयात्राका क्रममा पर्यटक हराउने, असुरक्षित हुने जस्ता समस्या आउने गरेको थियो ।

हिमाल चढ्ने र ट्रेकिङ जाने अथवा सहासिक पर्यटन रमाउन चाहने विदेशी पर्यटकहरु नेपालमा धेरै आउने गरेका छन् । नेपाल ट्रेकिङ एजेन्सी (टान)का अध्यक्ष निलहरी बास्तोलाले एफआईटी बन्द भएपछि पर्यटकको सुरक्षा गरेन्टी हुने बताए ।

नेपालमा पदयात्राको लागि जाने पर्यटकहरु हराउने, बिमारी हुने र बेला बखतमा पर्यटकको मृत्यु हुने जस्ता समस्या आउने गरेको भन्दै त्यस्ता खालका समस्याको समाधान हुने अध्यक्ष बास्तोला बताए ।

“नेपालमा एक्लै हिमाल चढ्ने र ट्रेकिङ जाने पर्यटकहरु हराउने, लड्ने, बिमारी हुने, गन्तव्य पत्ता लगाउन नसकेर समस्यामा पर्ने, अलमलमा पर्ने गरेको घटनाहरु थियो । साथै, पर्यटकको मृत्यु भएको घटनाहरु आउने आयो,” बास्तोलाले भने, “ जसले गर्दा नेपालको पर्यटन क्षेत्रमा सुरक्षाको हिसाबले अन्तर्राष्ट्रिस्तरमा पनि प्रश्न उठ्ने गरेको थियो ।”

यस्ता खालको घटनाले नेपालको पर्यटन क्षेत्रमा सुरक्षाको प्रश्न उठ्न गरिरहेको हुन्छ । अनिवार्य रुपमा पर्यटकले गाइड लाने व्यवस्था भएपछि सुरक्षा पनि ग्यारेन्टी हुने अध्यक्ष बास्तोलाले बताए ।

यस्तै, सगरमाथा आरोही संघका महासचिव शिवबहादुर सापकोटाले एफआईटी बन्द हुनु सुरक्षाका लागि राम्रो निर्णय भएको बताए । हिमाल आरोहण गर्दा सूचना नपाएर गन्तव्य पहिल्याउन नसक्ने, बाटो बिराउने जस्ता समस्या भोग्ने गरेको गुनासो विदेशी पर्यटकले धेरैपटक गरेको भन्दै उनले एफआईटी प्रणाली बन्द भएपछि त्यस्ता खालका समस्या समाधान हुने बताए । 

रोजगारीको सुनिश्चित

एफआईटी प्रणालीमार्फत विदेशी पर्यटकले टिप्स लिएर एक्लै पदयात्रामा जान पाउँथे । पर्यटन परामर्शदाता बच्चुनारायण श्रेष्ठले गाइड अनिवार्य रुपमा लैजानु पर्ने व्यवस्था भएपछि देशमा रोजगारी सुनिश्चित हुने बताए ।

यसले गर्दा हजारौँको मात्रामा पर्यटक गाइडको तालिम लिएका गाइडहरु बेरोजगार बन्ने अवस्था रहेको श्रेष्ठले बताए । एफआईटी प्रणाली बन्द भएपछि पर्यटक गाइडहरुले आफ्नै देशमा रोजगार पाउने श्रेष्ठले दाबी गरे । पर्यटनलाई रोजगारसँग जोड्ने सरकारको लक्ष्यमा पनि सहयोग पुग्ने उनको धारणा छ ।

बिनागाइड पदयात्रामा जाँदा एकातर्फ सुरक्षाको चुनौती हुने गरेको छ भने अर्काेतर्फ दक्ष जनशक्ति पलायन हुने अवस्था रहँदै आएको छ ।

“पर्यटकहरु एकलरुपमा ट्रेकिङ अथवा हिमाल चढ्दा एकातर्फ सुरक्षाको प्रश्न उठ्ने गरेको छ भने अर्काेतर्फ ट्रेकिङ गाइडको तालिम लिएका व्यक्तिहरुले रोजगार नपाउने अवस्था छ,” श्रेष्ठले भने, “एफआईटी प्रणाली बन्द भएपछि ट्रेकिङ गाइडहरुलाई रोजगारीको सुनिश्चित हुन्छ ।”

एकै प्रकारको टिप्स कार्ड

बोर्डले एफआईटीका लागि जारी हुने टिप्स कार्ड बन्द गरेसँगै अब सबै पर्यटकलाई एकै प्रकारको टिम्स कार्ड वितरण गर्ने भएको छ ।

यसअघि, समूहमा भ्रमणमा जानेले प्रतिव्यक्ति एक हजार रुपैयाँ र एकल भ्रमणमा जानेले प्रतिव्यक्ति दुई हजार रुपैयाँ तिरेर टिम्स कार्ड पाउने गरेका थिए ।

एफआईटी प्रणाली बन्द भएपछि भने सबैखाले पर्यटकका लागि टिम्स कार्डको मूल्य प्रतिव्यक्ति दुई हजार रुपैयाँ लाग्नेछ । सार्क देशका नागरिकको हकमा यसअघि २०० रुपैयाँ लाग्ने गरेकोमा अब भने एक हजार रुपैयाँ लाग्ने बार्डले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  २३:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro