विदेश

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको स्यान डियागोमा दुईवटा डुंगा पल्टिँदा आठजनाको मृत्यु भएको छ । दुईवटामध्ये एउटा डुंगामा सवार यात्रु मात्रै भेटिएका छन् । अर्को डुंगामा पनि आठदेखि दशजनासम्म रहेको अनुमान गरिएको बीबीसीले जनाएको छ ।
खोजी कार्य जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने समाचारमा उल्लेख छ ।
स्यान डियागोका लाइफगार्ड प्रमुख जेम्स गार्टल्यान्डले दुर्घटनालाई क्यालिफोर्नियाकै खराब समुद्री तस्करी भएको बताएका छन् । दुर्घटना के कारण भयो स्पष्ट हुन सकेको छैन ।
प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९ ०८:०४
प्रतिक्रिया दिनुहोस्