site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वी कङ्गोमा विद्रोहीको आक्रमणमा कम्तीमा १९ स्थानीयको मृत्यु
फाइल तस्बिर।
Tiktok banner adTiktok banner ad

बेनी, कङ्गो । पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा रातभर भएको सशस्त्र झडपमा परी कम्तीमा १९ जनाको मृत्यु भएको स्थानीय स्रोतले आइतबार जनाएको छ ।

उत्तरी किवुका पूर्वगभर्नर कार्ली जान्जु कासिभिताले आइतबार बिहान पत्रकारहरूलाई बताएअनुसार उत्तरी किवु प्रान्तको बेनीको इलाकामा पर्ने किरिन्दरा गाउँमा भएको सशस्त्र झडपमा कम्तीमा १९ जना सर्वसाधारणको मृत्यु भएको थियो ।

विद्रोहीले एक स्वास्थ्य केन्द्रसहित गाउँका कैयौँ भवनमा आगजनी गरेको उनले बताए । बेनी क्षेत्रका दुई गाउँमा बिहीबार एडीएफ विद्रोहीले गरेको अर्को आक्रमणमा कम्तीमा ४४ जनाको मृत्यु भएको थियो ।

एडीएफको स्थापना सन् १९९० को दशकमा युगाण्डाका विभिन्न विपक्षी आन्दोलनहरूले गरेका थिए ।

युगान्डाको सेनाद्वारा पराजित यी विद्रोहीहरू पूर्वी डीआरसीमा सक्रिय रहे, जसले गर्दा डीआरसी र युगान्डाबीच एडीएफ विद्रोहीहरूको खोजी गर्न संयुक्त कारबाही भएको थियो । उनीहरू अहिले मध्य अफ्रिकामा इस्लामिक स्टेटको सहयोगी पनि हुन् ।   

दशकौँदेखि बेनी क्षेत्रमा सक्रिय एडीएफ विद्रोहीले सर्वसाधारणमाथि आक्रमण गर्दै आएका छन् । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  २०:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro