site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
राष्ट्रपति पौडेललाई शुभकामना !
SkywellSkywell

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेपालका तेस्रा राष्ट्रपति निर्वाचित भएका छन् । नवनिर्वाचित राष्ट्रपति पौडेललाई संसद्का ९ वटा दलले साझा उमेदवारका रूपमा समर्थन गरेका थिए ।

राष्ट्रपति पदकै गरिमा खस्केका बेला पौडेल निर्वाचित भएका छन् । उनको कदका नेता राष्ट्रपति भएपछि यस पदको साख फर्कने अपेक्षा धेरैले राखेको देखिएको छ । 

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव पनि नेपाली कांग्रेसकै नेता थिए । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल कम्युनिस्ट पार्टी (एमाले)की उपाध्यक्ष थिइन् । 

Dabur Nepal
NIC Asia

पौडेल उनका पूर्ववर्तीहरूभन्दा उमेर र अनुभवमा मात्र होइन राजनीतिक सङ्घर्षका आधारमा पनि निकै वरिष्ठ हुन् । यसले एकातिर राष्ट्रपति पदको ओज बढाएको छ भने अर्कातिर पौडेलका लागि चुनौती पनि थपेको छ ।

सभामुख रहिसकेका नवनिर्वाचित राष्ट्रपति पौडेल नेपालमा संसदीय लोकतन्त्रको स्थापनाका लागि दशकौं सङ्घर्ष गरेका छन् । त्यसैले पनि उनले संवैधानिक राष्ट्रपतिको सीमा र दायित्व दुवै बुझेका छन् भन्ने विश्वास गर्न सकिन्छ ।

निवर्तमान राष्ट्रपति भण्डारीको कार्यकाल बढी नै विवादास्पद रह्यो । संविधानका भावना मिच्नमात्र होइन अक्षरकै उल्लङ्घन गर्न पनि हिचकिचाइनन् । एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीका पक्षमा उनले देखाएको झुकावले पदकै गरिमा गिराएको थियो ।

यसैगरी राष्ट्रपतिहरूले राजसी विलास अपनाएको पनि जनसाधारणलाई मन परेको छैन । विशेषगरी राष्ट्रपतिको आवागमनमा घन्टौं सडक बन्द गरेर दिइने सास्तीले पनि जनता धेरै चिडिएका देखिन्छन् ।  

नवनिर्वाचित राष्ट्रपति पौडेल यी सबै अवस्था र समस्याका बारेमा अनभिज्ञ पक्कै छैनन् । यसैले कार्यकालको आरम्भदेखि नै त्यस्ता कमजोरी र आशक्ति त्याग गर्न उनी सचेत रहने अपेक्षा गर्नु अन्यथा नहोला ।

नेपालका वरिष्ठ र अपेक्षाकृत स्वच्छ छविका राजनीतिक नेतामध्येका रामचन्द्र पौडेल राष्ट्रपति हुँदा पनि पदको गरिमा बढाउन नसके गणतन्त्रप्रति नै वितृष्णा बढ्न सक्छ । सम्भवतः उनका लागि सबैभन्दा ठूलो चुनौती यही हो । 

राष्ट्रपति पदको गरिमा बढाउन र नेपालको राजनीतिमा मानक कायम गर्न नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई सफलता प्राप्त होस् यही शुभकामना १ संविधानको संरक्षण र पालना त राष्ट्रपतिको कर्तव्य नै भयो ।

   
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १०:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu