site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

गणतन्त्र विरोधीहरू अपेक्षाकृत बढी नै हौसिएकै बेला नेपालमा राष्ट्रपतिको निर्वाचन हुँदैछ । खण्डखातिर केही नपरे आजै (बिहीवार)साँझ गणतन्त्र नेपालले तेस्रो राष्ट्रपति पाउनेछ ।

लोकतान्त्रिक शासनको स्थापनाका लागि नेपाली जनताले लगातार सात दशक स‌घर्ष गरे । तैपनि, अपेक्षा गरेजस्तो शासन भोग्न भने गणतन्त्र स्थापना भएपछि पनि पाएनन् ।

यसबाट जनसाधारणमा निराशा, वितृष्णा र आक्रोश देखिन थालेको छ । सरकारका विफलतामा प्रत्यक्ष भूमिका नहुने भए पनि राष्ट्रपतिलाई जोडेर गणतन्त्रलाई दोष दिन थालिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसैले गणतन्त्रप्रतिको जनधारणा नयाँ राष्ट्रपतिको भूमिकामा धेरै हदसम्म निर्भर हुनेछ । राष्ट्रपतिका क्रियाकलापबाट जनताले प्रत्यक्ष सास्तीमात्रै भोग्न नपरे सायद जनमानसमा सकारात्मक प्रभाव पर्नेछ । 

राष्ट्रपतिहरूको आलोचना विशेषगरी उनीहरूको ‘राजसी ठाँटको मोह’ तथा ‘पुरानो दलप्रतिको आशक्ति’का कारण बढी भएको हो । आफूमध्येकै कोही राष्ट्रपति भएको अनुभूति जनताले गर्नै पाएनन् ।

Global Ime bank

जनताको बाटो छेकेर चलाइने राष्ट्रपतिको ‘सवारी’ले जनतालाई राजाकै झल्को लाग्यो । हेलिकप्टरमा तीर्थाटन वा मन्दिर खाली गराएर दर्शन गर्ने अभ्यासले राजा र राष्ट्रपति उस्तै देखिए ।

राष्ट्रपति निवासमा बसेर दलगत अभ्यासमा संलग्न र सक्रिय भएको पनि जनताले रुचाएनन् । पटकपटक ठाडै संविधान मिच्ने राष्ट्रपति विद्यादेवी भण्डारीको दुस्साहस सबैभन्दा विवादास्पद भयो ।    

राष्ट्रपतिका दुवै उमेदवार परिपक्व राजनीतिकर्मी भएकाले अगिल्ला राष्ट्रपतिबाट भएका कमजोरीप्रति पक्कै अनभिज्ञ छैनन् । प्रत्यक्षपरोक्ष दुवै उमेदवारले उनीहरूकको कमजोरी नदोहोर्‍याउने सङ्केत पनि गरेका छन् ।

परन्तु, गरेरै देखाउन भने भन्न जति सजिलो हुँदैन । पदमा पुगेपछि धेरैले आफूलाई ‘विशिष्ठ’ र जनतालाई ‘मामुली’ ठान्ने गर्छन् भने तिनका आफन्तले समेत आफैँलाई राज्य ठान्छन् ।

अहिले सडकमा देखिने तमासाका लागि सुरक्षा स‌यन्त्रलाई दोष दिने गरिन्छ । तर, राष्ट्रपति स्वय‌ंले तामझाम नरुचाए सुरक्षाकर्मीले पनि जनतामाथि ज्यादती गर्ने दुस्साहस पक्कै गर्ने थिएनन् ।

नयाँ राष्ट्रपतिमाथि जनताले चनाखो निगरानी गरिरहेका हुन्छन् । सुरुकै दिनहरूका क्रियाकलापबाट जनमानसमा  नयाँ राष्ट्रपतिको छवि निर्माण हुनेछ । यस्तो छवि एकपटक बिग्रियो भने सुधार असम्भव प्रायः हुन्छ ।

आशा गरौँ, नयाँ राष्ट्रपतिले जनताको सुविधालाई सर्वोपरि ठान्नेछन् । साथै संविधानको सीमा नमिच्ने र मिच्न नदिने प्रण पनि गर्नेछन् । यत्तिमात्र हुनसके पनि शासन व्यवस्थाप्रतिको जनवितृष्णा केही कम त अवश्यै हुनेछ ।

गणतन्त्र नेपालका नवनिर्वाचित राष्ट्रपतिलाई सफलताको शुभकामना !
   


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC