site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिड्नीमा १२ वर्षीय छोराको अगाडि गोली हानेर बाबुको हत्या
Tiktok banner adTiktok banner ad

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा एक १२ वर्षीय किशोरका अगाडि गोली हानेर उनका बाबुको हत्या भएको छ । मार्शल आर्ट जिममा प्रवेश गर्ने योजनामा रहेका एक व्यक्तिलाई निजकै कारभित्र गोली हानी हत्या गरिएको साउथ वेल्स राज्यको प्रहरीले जनाएको छ । 

गोली प्रहारका बेला उनका छोरा साथमै रहेका प्रहरीले एक विज्ञप्ति निकालेर बताएको छ । प्रहरीले यो संगठित अपराधको लक्षित आक्रमण भएको आशङ्का गरेको छ ।

४० वर्षीय ती व्यक्तिलाई गोली लागेको अवस्थामा भेटिएको तथा चिकित्सा सहायकहरूको प्रयासका बाबजुद उनको घटनास्थलमै मृत्यु भएको थियो । हत्याको कारण खुलेको छैन । प्रहरी अनुसन्धान जारी छ । 

हिंसात्मक उक्त आक्रमणबाट ती किशोरलाई मानसिक आघात पुगेको ठानिएको छ । कार चढेर आएका आक्रमणकारीले हत्यापछि उक्त कार जलाएको जनाउँदै प्रहरीले त्यससम्बन्धी क्लोज सर्किट टेलिभिजन फुटेजका लागि स्थानीय बासिन्दासँग अनुरोध गरेको छ । रासस/सिन्ह्वा
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  ११:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro