site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘इन्सपेक्टर’मा आवेदन दिँदा २५ वर्ष नाघेका थिए डीआईजी ज्ञवाली (नागरिकतासहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल प्रहरीका डीआईजी श्यामलाल ज्ञवाली प्रहरी सेवामा प्रवेश गर्दा २५ वर्ष नाघिसकेको उनकै नागरिकताबाट खुलेको छ । बाह्रखरीलाई प्राप्त उनको नागरिकता विवरणका आधारमा प्रहरी सेवामा आवेदन दिँदा उनी २५ वर्ष पूरा भइसकेको देखिन्छ ।

जिल्ला प्रशासन कार्यालय प्युठानबाट उनले २०४१ साल चैत २१ गते नागरिकता लिएको देखिन्छ । जहाँ नागरिकतामा १७ वर्ष उमेर लेखिएको छ । यसले उनको जन्म २०२४ सालमा भएको देखिन्छ । २०५० सालमा उनले प्रहरी निरीक्षक (इन्सपेक्टर)का लागि आवेदन दिएका थिए ।

२०५० सालमा उनी २६ वर्ष लागिसकेकाले उनी भर्नाकै लागि अयोग्य भएको उनकै विवरणबाट पुष्टि हुन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

२०५० साल मंसिर १३ गते प्रहरी निरीक्षकका लागि गोरखापत्रमा सूचना प्रकाशित भएको थियो । सो सूचनामा छनोट हुने सालको वैशाख १ गते २० वर्ष उमेर पुगेको २५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ ।

सूचनाअनुसार ०५० साल वैशाख १ गते २५ वर्ष पूरा भइसकेकाले प्रहरी निरीक्षकका लागि आवेदन नै दिन पाउँदैनन् ।

Global Ime bank

उनको नागरिकतामा २०२४ सालको जन्ममिति देखिन्छ भने शैक्षिक कागजातमा २०२५ साल भदौं २६ गते जन्म मिति उल्लेख छ ।

प्रहरी अभिलेखमा ज्ञवालीको जन्ममिति २०२५ साल भदौं २६ गते लेखिएको छ । तर उनको नागरिकता २०२४ साल चैत २१ मा लिएको देखिन्छ । उनको नागरिकता र शैक्षिक प्रमाणपत्रको जन्ममिति फरक–फरक छ । यो दुईबीचमा ५ महिनाको फरक देखिन्छ ।

प्रहरी सेवाका तत्कालीन जानकारहरुका अनुसार सो समयमा बढीजसो नागरिकतामा साल मात्रै उल्लेख हुने व्यवस्था थियो ।

यो बेला नागरिकतामा विवरण नखुले एक वर्षसम्मको अवधिलाई मान्यता दिइन्थ्यो । ज्ञवालीको हकमा यो एक वर्ष मान्दा पनि उनको उमेर २५ वर्ष कटेर १० दिन बढी भएको देखिन्छ । यस्तो अवस्थामा उनी प्रहरी सेवामा प्रवेशका लागि योग्य देखिँदैनन् ।

अर्का डीआईजी भीमप्रसाद ढकालको प्रहरी अभिलेखको जन्ममिति २०२५ साल मंसिर २८ गते छ । तर नागरिकतामा २०२४ साल मंसिर २८ छ । शैक्षिक योग्यताको विवरणमा भने २०२५ साल मंसिर २८ छ । यसरी हेर्दा जन्म मिति फरक पर्न गएको अवधि एक वर्ष हुन्छ ।

नागरिकता लिएको वर्षको मात्रै हिसाब गर्ने हो भने भीम ढकाल प्रहरी निरीक्षकका लागि आवेदन दिँदा २५ वर्ष ४ महिना ३ दिनका थिए । यो आधारमा उनी सेवा प्रवेशकै लागि अयोग्य देखिन्छन् ।

डीआईजी ज्ञवालीको फरक–फरक विवरण आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परिसकेको छ । आयोगले प्रहरी प्रधान कार्यालयसँग उनको विवरण माग गरेको छ ।

प्रहरीकै बहालवाला एआईजीहरुका अनुसार यो ब्याचका जोकोही पनि २०२४ सालमा जन्मिएको विवरण नागरिकतामा उल्लेख भए उनीहरु २०५० सालको आवेदनअनुसार दर्खास्त दिन नै योग्य हुँदैनन् । डीआईजी ज्ञवाली र ढकालले आफ्ना सबै विवरण ठिक भएको दाबी गर्दै आएका छन् ।

प्रहरी विवरण अभिलेख गर्दै आएको राष्ट्रिय प्रहरी किताब खानामा दुवै डीआईजीको नागरिकताको विवरण भेटिएको थिएन ।

बाह्रखरीलाई प्राप्त जानकारी अनुसार भीम ढकालको नागरिकता नै संशोधन गरिएको छ । राष्ट्रिय किताबखाना स्रोतका अनुसार उनको नागरिकताको अगाडिपट्टीको भागमा २०२४ साल मंसिर २८ लेखिएको थियो भने सोही नागरिकताको पछाडिपट्टीको भागमा २०२५ साल मंसिर २८ लेखेर प्रमुख जिल्ला अधिकारीले संशोधन लेखेका थिए ।

सो विवरण अहिले राष्ट्रिय किताबखानामा उपलब्ध छैन । 

उमेर विवाद भएपछि गत साता नेपाल प्रहरीका डीआईजी अशोक सिंहले राजीनामा दिए । उनको राजीनामा स्वीकृतसमेत भइसकेको छ ।

आइतबार मात्रै बाह्रखरीले प्रहरी सेवामा आवेदन दिएको समयमा डीआईजी श्यामलाल ज्ञवाली र भीम ढकाल २५ वर्ष कटिसकेको समाचार प्रकाशित गरेको थियो । उनीहरु दुवैजना हाल डीआईजी छन् ।

दुवैजना आगामी आईजीपीका आकांक्षी पनि हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement