site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टेम्पल टाइगर : जंगल सफारी र बोटिङको मज्जा

काठमाडौं । जंगल सफारी, नदीमा बोटिङ र स्थानीय कला–संस्कृतिले जो कसैलाई लोभ्याउन सक्छ । प्रफुल्लित बनाउन सक्छ । अनुपम प्राकृतिक सौन्दर्यको दृष्यावलोकन र आनन्दको अवसर जो कसैको रोजाइमा पर्न सक्छ । टेम्पल टाइगर रिसोर्टले यिनै सेवा प्रवाह गरिरहेको छ । शान्त र रमणीय वातावरण खोज्ने पर्यटकको गन्तव्यस्थलका रूपमा परिचित छ ।

नवलपरासीको अमलटारीस्थित टेम्पल टाइगर काठमाडौंबाट करिब १८० किलोमिटरको दूरीमा पर्छ । रुपन्देहीको बुटवलबाट ८५ किमि र चितवनको नारायणगढबाट ३६ किमिको दूरीमा अवस्थित छ । सहरी क्षेत्रबाट अलि टाढा, चौधरी बस्तीबीचमा यो रिसोर्ट छ ।

पर्यटकलाई जंगल सफारी, नारायणीमा बोटिङ, हात्ती चढेर जंगल सफारीलगायत सेवा दिँदै आएको टेम्पल टाइगर ग्रुप अफ कम्पनीका अध्यक्ष वसन्त मिश्र बताउँछन् ।

चितवन राष्ट्रिय निकुञ्जबाट नजिकको दूरीमा हुनुले पनि यसले पर्यटकलाई आकर्षण गर्ने गरेको छ । वन र वन्यजन्तुलाई नजिकबाट बुझ्ने र नेपाल आउने पर्यटक टेम्पल टाइगर पुग्ने गरेका छन् ।

यहाँ घना जंगलको बीच बाटो हुँदै जंगल सफारी गर्न पाइन्छ । प्रशस्त जंगली जनावर र चराचुरुंगी तथा जलचर भेटिन्छन् । नारायणी नदीको तीर हुँदै सफारी अघि बढ्छ । सफारी गर्दै जाँदा मृगको हुल, मयूरको आवाजले पर्यटकलाई स्वागत गरिरहेका हुन्छन् । कुनै ठाउँमा एकल र कहीँ कतै जोडा बाँधेर चरिरहेका गैँडाहरू बीचबीचमा भेटिन्छन् । जंगल सफारी गर्दा बेलामौकामा बाघहरू पनि देखिने गरेको अध्यक्ष मिश्रले बताए ।

हात्ती चढेर जंगल सफारी गर्ने पर्यटकलाई लक्षित गरी अहिले यहाँ दुई हात्ती पालिएको छ । पहिले–पहिले हात्ती चढेर जंगल सफारी गर्ने विदेशी पर्यटक बढी हुन्थे । पछिल्लो समय हात्तीलाई दुःख दिनु हुँदैन भन्ने मनसाय पर्यटकले व्यक्त गर्ने गरेको मिश्रले सुनाए ।

temple31677037771.jpg

रिसोर्टमा आउने पर्यटकलाई स्थानीय संस्कृति झल्कने नाचगान पनि देखाइन्छ । यसले स्थानीय संस्कृतिको प्रचारप्रसारमा समेत सहयोग पुगेको उनको जिकिर छ । नारायणीको किनारमा बोटिङ र गोधूलि साँझले पर्यटक लोभिने गरेका छन् ।

स्पष्ट नीति आवश्यक
चितवन राष्ट्रिय निकुञ्जको पूर्वदेखि पश्चिमसम्म समान नीतिगत व्यवहार नहुँदा यस क्षेत्रका व्यवसायी मारमा परेको मिश्र बताउँछन् । निकुञ्जमा जंगल सफारी बन्द हुने समय एउटै भए पनि खुला हुने समय फरक हुने गरेको उनको गुनासो छ ।

“नेसनल पार्क सबैतिर एकैपटक खुल्नुपर्छ । कसरामा पुल हुँदा चाँडै खुल्छ, सौराहामा राप्ती खोला सुक्दा चाँडै सुक्छ । वारपार गर्न सहज हुन्छ । पश्चिममा नारायणी पर्ने हुनाले कहिल्यै खुल्दैन, खोलापारि नै गाडी राख्नुपर्ने हुन्छ,” उनले भने, “जसले गर्दा कुनै क्षेत्रमा छिटो र कुनै क्षेत्रमा ढिलो खुला हुन्छ । राष्ट्रिय निकुञ्ज सबैतर्फ एउटै समयमा खोल्नुपर्दछ ।”

निकुञ्जमा जंगल सफारीका लागि पनि समान व्यवहार नभएको उनको भनाइ छ । होटेलको स्तर, राजस्व संकलन तथा पर्यटक संख्याको आधारमा गाडीको संख्या तोकिनुपर्नेमा उनको जोड छ । निकुञ्जको नीतिमा एकरूपता हुनुपर्ने उनको माग छ ।

“ठाउँअनुसारको नीति हुनु हुँदैन, सबैलाई समान व्यवहार गरिनुपर्छ । पर्यटकका लागि राष्ट्रिय निकुञ्ज खुला गर्ने बेलामा सबैतिर एकैचोटि खुला गर्नुपर्दछ,” उनले भने, “अहिले असमानता गरिएको छ । चितवनको पूर्वदेखि पश्चिमसम्मका निकुञ्जमा एउटै नीति हुनुपर्छ । कर्मचारीको लहडका भरमा नीति र विभिन्न किसिमको नियम निर्धारण गरिनु प्रत्युत्पादक हुन्छ ।”

templetiger21677037773.jpg

असमान व्यवहारले लगानीकर्तालाई उत्साहित नबनाउने उनी बताउँछन् । अहिले चितवन निकुञ्ज क्षेत्रमा आदेशका आधारमा नियम लगाइने गरेको उनको जिकिर छ ।

“कसैसँग चित्त बुझेन भने निकुञ्जको बाटो नै बन्द गरिदिने, महिनौँसम्म खुला नगरिदिने, कसैसँग चित्त बुझेमा चाँडै खुला गरिदिने र अन्य थप सुविधा पनि प्रदान गर्ने परिपाटी हटाउनुपर्दछ,” उनले भने ।

निकुञ्ज क्षेत्रमा वन्यजन्तु पर्यटनको प्रवद्र्धन र संरक्षणका लागि सम्बद्ध सरकारी निकायहरूमा दूरदर्शी सोच र दीर्घकालीन नीति आवश्यक रहेको उनको भनाइ छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  ०९:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro