site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महँगियो सिनेमा : असर मेकर र दर्शकलाई
SkywellSkywell

काठमाडौं । चलचित्रकर्मीले चलचित्र महँगो भएको बताएका छन् । पछिल्लो समय चलचित्र महँगो हुँदा यसको असर व्यापारमा देखिन थालेको उनीहरूको भनाइ छ । अधिकांश चलचित्रमा दर्शकको खडेरी देखिनुको कारण सिनेमा महँगो हुुनु पनि रहेको उनीहरू बताउँछन् । 

पहिलेको तुलनामा अहिले किन चलचित्र चल्दैनन् ? अधिकांश चलचित्र किन घाटामा जान्छन्, राम्रा चलचित्र बन्दै नबनेका हुन् कि राम्रा सिनेमाले पनि दर्शकको अभाव झेल्नु परिरहेको हो ? यसका पछाडि चलचित्र महँगो हुनु नै मुख्य कारण रहेको चलचित्र निर्माता तथा वितरक छविराज ओझा बताउँछन् ।

चलचित्र निर्माण आफैँमा महँगो हुनु पनि सिनेमा नचल्नुको कारण रहेको उनको बुझाइ छ । बजार सानो हुनु तर मेकिङमा सीमित बजेटमा बाँधिनु पर्दा निर्माता तथा निर्देशकले अपेक्षित राम्रा चलचित्र बनाउन कठिनाइ झेलिरहेको हुन सक्ने उनको बुझाइ छ ।

KFC Island Ad
NIC Asia

“हामीले केही वर्ष अगाडिसम्म चलचित्र बनाउँदा ५०/६० लाख रुपैयाँमा राम्रो, भनेजति खर्च गरेर सिनेमा बनाउन सकिन्थ्यो । तर, अहिले चलचित्र धेरै महँगो भइसकेको छ,” छविराज भन्छन्, “अहिले केही नभए पनि दुई करोड रुपैयाँ चलचित्र बनाउन लाग्ने भइसक्यो । राम्रै चलचित्र बनाउँछु भन्दा तीन करोड बजेट चाहिन्छ । यति खर्च गरेर चलचित्र बनाउन सकिन्छ कि सकिँदैन भन्ने प्रश्न छ ।”

जति धेरै लगानी भयो, यो डुब्ने जोखिम त्यति नै भएकाले खुलेर खर्च गर्नेभन्दा पनि कम्प्रमाइज गरेर सिनेमा बनाउँदा त्यसको असर पर्दामा देखिने उनी बताउँछन् । मेकिङसँगै पछिल्लो दशकबाट सिनेमा दर्शकका लागि पनि महँगो बनेको उनको भनाइ छ ।

Royal Enfield Island Ad

हरेक हप्ता दुई/तीनवटाकै दरले चलचित्र रिलिज भइरहेका छन् । अधिकांश औसतभन्दा पनि तलका चलचित्र बन्ने गरेको स्वयं चलचित्रकर्मीले नै बताउँदै आएका छन् । केही चलचित्र औसत र सीमित मात्र औसतभन्दा माथिको बन्ने गरेका छन् । तर, ती चलचित्र पनि किन चलिरहेका छैनन् ? “टिकट नै महँगो रहनु राम्रै र अपेक्षित भनिएका चलचित्र नचल्नुको अर्को कारण हो,” छविराज भन्छन् ।

पछिल्लो समय अधिकांश सिंगल थिएटर बन्द भइसकेका छन् । भएका पनि स्तरोन्नति गरेर मल्टिप्लेक्समा रूपान्तरण भइसकेका छन् । कोरोनापछि बनेका अधिकांश सिनेमा हल मल्टिप्लेक्स छन् । मल्टिप्लेक्स बनेसँगै सिनेमाको टिकट महँगो बनेको उनी बताउँछन् ।

“अहिले सिंगल थिएटर करिब–करिब बन्द भइसकेका छन् । सिंगल थिएटरमा ५०/१०० रुपैयाँमा टिकट पाइन्थ्यो,” उनी भन्छन्, “अहिले एउटै टिकटको चार सय रुपैयाँ पर्ने भएपछि हामी कति नेपाली चार सयको टिकट किनेर हेर्ने छौँ भन्ने पनि हो ।”

एकजना मात्र हलमा टिकट हेर्न जाँदा टिकट, पार्किङ शुल्क, कफी र पपकन गर्दा कम्तीमा हजार रुपैयाँ खर्च हुने गरेको उनको भनाइ छ । तीन/चारजनाको परिवार चलचित्र हेर्न जाने हो भने कम्तीम चार हजार रुपैयाँ खर्च हुने छविराज बताउँछन् ।

“एकपटक चलचित्र हेर्न जाँदा चारदेखि पाँच हजार रुपैयाँ खर्च हुन्छ भने को रिपिटेडड्ली चलचित्र हेर्न जान्छ ?,” उनको प्रश्न छ, “हामी कति छौँ, जो यति खर्च गरेर रिपिटेडड्ली सिनेमा हेर्न जान सक्छौँ ? त्यसैले सिनेमा महँगो हुँदा यसको असर बजारदेखि दर्शकसम्मलाई परिरहेको छ ।” अफोर्ट गर्न नसक्ने अवस्था सिर्जना भएको उनको बुझाइ छ ।

निर्माता सन्तोस सेन निर्माता र दर्शकअनुकूल टिकटको मूल्य निर्धारण नगरिएको बताउँछन् । सिनेमा हलले आफ्नो लगानी र सुविधाअनुसार टिकटको मूल्य निर्धारण गरिएको उनी बताउँछन् ।

“मेरो विचारमा चलचित्र संघले निर्माता संघसँग राय, परामर्श गरेर टिकटको मूल्य निर्धारण हुँदैन । सिनेमा हलको लगानी, त्यसको सुविधा र लक्जरीका आधारमा सिनेमाको टिकट निर्धारण गरिएको हुन्छ,” सन्तोष अगाडि थप्छन्, “अहिले अधिकांश सिनेका हल मल्टिप्लेक्स छन् । ठूलो लगानीमा मल्टिप्लेक्स बनेकाले पनि टिकट सोहीअनुसार निर्धारण भएको होला ।”

टिकट महँगो हुँदा त्यसको असर दर्शक र निर्मातामा परेको सन्तोष बताउँछन् । सिंगल थिएटर हुँदा र टिकट सस्तो हुँदा हरेक हप्ताको शुक्रबार अथवा शनिबार चलचित्र हेर्न जानेको ठूलो संख्या हुने गरेको उनी स्मरण गर्छन् । अहिले त्यस्तो अवस्था नरहेको उनी बताउँछन् ।

“पहिला जस्तोसुकै जुन चलचित्र लागे पनि हरेक हप्ता सिनेमा हेर्न जाने दर्शक हुन्थे । सिनेमा हलमा मेला लागेजस्तो हुन्थ्यो,” उनी सुनाउँछन्, “तर, अहिले त्यस्तो अवस्था छैन । सिंगल थिएटर पनि छैनन् । भएका सिंगल थिएटरमा पनि त्यसरी सिनेमा हेर्न गएको पाइँदैन । महँगो टिकट पनि एउटा कारण हुनसक्छ । अर्को, सिनेमाप्रतिको बुझाइ पनि हुनसक्छ ।”

पछिल्लो समय छानेर, बुझेर मात्र दर्शक चलचित्र हेर्न जाने गरेको सन्तोषको अनुभव छ । कुन चलचित्र कस्तो छ, त्यसबारे जानकारी लिएर, रोजेर मात्र दर्शक चलचित्र हेर्न जाने र त्यस्तो सिनेमा जहिले आउँछ, त्यही समय जाने उनी बताउँछन् । टिकट महँगो हुँदा आफूलाई हेर्न मन लागे पनि छनोट गरेर मात्र दर्शक हलमा जाने गरेको सन्तोषको अनुभव छ ।

“कोही रियालिस्टिक सिनेमा हेर्छ होला, कोही कमेडी सिनेमा हेर्छ होला । कोही लभस्टोरी मेलो ड्रामा हेर्छ होला । कोही सिनेमा भनेको लार्जर देन लाइफ नै हुनुपर्छ भनेर हेर्छ होला । यीमध्ये कुन सिनेमा हेर्दा ठिक होला भनेर छानेर सिनेमा हेर्ने गरेको देखिन्छ,” सन्तोष भन्छन्, “त्यही भएर अधिकांश सिनेमा चलिरहेका छैनन् । वर्षमा एक–दुईपटक मात्रै सिनेमा हेर्न जाने चलन छ । यस्तो अवस्थामा जुन मेकरले आफ्नो सिनेमालाई दर्शकको रोजाइमा पार्न सक्छ, उसको मात्रै चल्छ ।”

हेर्नैपर्ने ‘अवस्था’ सिर्जना गर्न नसके अहिलेको टिकट मूल्यमा दर्शकलाई हलसम्म ल्याउन कठिन हुने सन्तोष बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro