site stats
खेल
त्रिदेशीय शृङ्खलाका लागि क्यानले तोक्यो टिकट मूल्य

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा हुने त्रिदेशीय शृङ्खलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले टिकट मूल्य सार्वजनिक गरेको छ । फेब्रुअरी १४ देखि सुरु हुने शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड सहभागी हुनेछन् । 

शृङ्खलाका लागि क्यानले दुई प्रकारको टिकट राखेको छ । क्यानले साधारणतर्फ १५० र सिट सुविधा भएकोतर्फ भने ३५० रुपैयाँ टिकट मूल्य तोकेको छ ।

S.A.U
Agani Group

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियासँग फेब्रुअरी १४ मा खेल्नेछ । नेपालले दोस्रो खेलमा स्कटल्यान्डसँग फेब्रुअरी १७ मा खेल्दा फेब्रुअरी १८ मा नामिबियासँग दोस्रो खेल खेल्दा फेब्रुअरी २१ मा पुन: स्कटल्यान्डसँग खेल्नेछ ।

लिग–२ मा २४ खेलमा १८ अंक जोडेको नेपाल तालिकाको छैटौँ स्थानमा रहेको छ । ३२ खेलबाट ४६ अंक जोडेको स्कटल्यान्ड शीर्ष स्थानमा छ । यस्तै, ३० खेलमा ३७ अंक जोडेको नामिबिया तेस्रो स्थानमा छ ।

Global bank

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १९:५६
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय