site stats
बाह्रखरी :: Baahrakhari
देश
चितवनको खैरहनीमा दुई समूहबीच खुकुरी हानाहान, तीन युवा घाइते

काठमाडौं । चितवनमा दुई समूहबीच भएको खुकुरी प्रहार घटनाको भिडियो फुटेज सामाजिक सञ्जालमा भाइरल भएको छ ।

चितवनको खैरहनीको एक रेस्टुरेन्टमा दुई समूहबीच झगडा भएको हो । चितवन प्रहरी प्रमुख एसपी गोविन्द पुरीका अनुसार, घटनामा संलग्नहरूको पहिचान भइसकेको र खोजी कार्य भइरहेको छ ।

उनका अनुसार पुरानो रिसईबीका कारण एक समूह रेस्टुरेन्टमा बसिरहेका बेला मंगलबार बिहान अर्को समूह गएर खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट चितवन खैरहनीकै दिपक गोले, गणेश लामा र अमृत आचार्य घाइते भएका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १६:०१
प्रतिक्रिया दिनुहोस्