देश
प्रतिनिधिसभाका पूर्वसांसद घलेको निधन

काठमाडौं । प्रतिनिधिसभाका पूर्वसांसद कर्मा घलेको निधन भएको छ ।
२०७४ सालमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सांसद बनेका घलेको मंगलबार निधन भएको हो ।
मनाङ जिल्ला निवासी घले हाल कांग्रेसको महासमिति सदस्य थिए । उनको आज १२ बजेर १८ मिनेटमा निधन भएको हो ।
लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित घलेको ५९ वर्षको उमेरमा महाराजगंजस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधिन भएको हो । यसैक्रममा पार्टीको संसदीय दलले उनको निधनमा शोक वक्तव्य जारी गरेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९ १७:०७
प्रतिक्रिया दिनुहोस्