site stats
बाह्रखरी :: Baahrakhari
खेल
युनाइटेड लिग कपको फाइनलमा

काठमाडौं । एन्थोनी मार्सियाल र फ्रेडले दोस्रो हाफमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले बुधबार राति नटिङ्घम फरेष्टमाथि २–० को तथा समग्रमा ५–० को नतिजा निकाल्दै लिग कपको फाइनलमा स्थान बनाएको छ । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि युनाइटेडका प्रशिक्षक इरिक टेन ह्यागले मार्कुस राशफोर्ड, जोडन सान्चो र मार्सियाललाई मैदान छिराएका थिए । फ्रान्सका फरवार्ड मार्सियालले ७३औँ मिनेटमा गरेको गोलबाट युनाइटेडले अग्रता लियो । त्यसको तीन मिनेट नपाउँदै फ्रेन्डले अग्रता दोब्बर बनाए । दुबै गोलमा राशफोर्डले अवसर सिर्जना गरिदिएका थिए । 

ब्राजिलले घरेलु मैदानमा विजयी यात्रालाई १२ खेलसम्म लम्बाएको छ । युनाइटेडले अब २६ फेब्रुअरीमा उपाधिका लागि न्युक्यासल युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । न्युक्यासलले मंगलबार राति साउथह्याम्पटनलाई समग्रमा ३–१ ले हराउँदै फाइनलमा स्थान बनाएको हो । 

“इमान्दार भएर भन्नुपर्दा पहिलो हाफमा राम्रो खेल्न सकेनौं,’’ युनाइटेडका प्रशिक्षक टेन ह्यागले स्काई स्पोर्ट्सलाई भने, “हामीले धेरै अवसरहरू सिर्जना गर्न सकेनौं । दोस्रो हाफ धेरै राम्रो थियो । केही राम्रा गोल गर्न सफल भयौँ । हामी हरेक दिन सुधार गर्न चाहन्छौं । मलाई लाग्छ कि हामीसँग राम्रो टिम छ ।’’

Global Ime bank

युनाइटेडले लिग कपको फाइनलमा स्थान बनाएको यो दशौँ पटक हो । लिभरपुलले मात्र यो भन्दा धेरै फाइनल खेलेको छ । युनाइटेड २०१७ पछि पहिलोपटक उपाधि जित्ने लक्ष्यमा छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  ०८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu