site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
न्युजिल्यान्डविरुद्धको टी–२० शृङ्खला भारतलाई 

काठमाडौं । पाहुना टिम न्युजिल्यान्डविरुद्धको टी–२० शृङ्खला भारतले २–१ ले जितेको छ । बुधबार भएको अन्तिम खेलमा १६८ रनको फराकिलो जित निकाल्दै भारतले शृङ्खला जितेको हो । 

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको २३५ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्डले १२.१ ओभरमा सबै विकेट गुमएर ६६ रनमात्र जोड्न सक्यो । 

न्युजिल्यान्डलाई सस्तैमा समेट्न भारतका कप्तान हार्दिक पन्ड्याले चार विकेट लिए । चार ओभर बलिङ गरेका पन्ड्याले १६ रनमात्र खर्चिए । यस्तै, अर्सदीप सिंह, उम्रन मलिक र सिवम मावीले समान दुई विकेट लिए । 

भारतविरुद्ध निरीह देखिएको न्युजिल्यान्डबाट डर्याल मिचेलले ३५ र कप्तान मिचेल स्यान्टनरले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

यसअघि ओपनर सुबमन गिलले अविजित १२६ रन बनाएपछि भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २३४ रनको योगफल खडा गरेको थियो । 

गिलले ६३ बलमा १२ चौका र सात छक्का प्रहार गरे । राहुल त्रिपाठीले ४४, हार्दिक पन्ड्याले ३० र सूर्यकुमार यादवले २४ रन बनाएका थिए । 

न्युजिल्यान्डका मिचेल ब्रासवेल, ब्लायर टिकनेर, ईश सोधी र डार्याल मिचेलले समान एक विकेट लिए । 

शृङ्खलाको पहिलो खेलमा न्युजिल्यान्डले २१ रनको जित निकाल्दा दोस्रो खेलमा भारत ६ विकेटले विजयी भएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  २३:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro