site stats
खेल
कार्यसम्पादन समिति र गभर्निङ काउन्सिलको राजीनामा माग, बैठक बहिष्कार

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सात सदस्यले मंगलबार पोखरामा जारी बोर्ड बैठकमा संघको कार्यसम्पादन समितिका सदस्यहरूको राजीनामा माग गरेका छन् । उनीहरूले क्यानका अध्यक्ष चतरबहादुर चन्दको अध्यक्षतामा बोर्ड बैठक बस्न नसक्ने भन्दै बहिष्कार गरेका छन् ।

“हामीले क्यानको बोर्डलाई सम्बोधन गरेर संघलाई खारेजी तथा निलम्बनबाट जोगाउनका लागि नेतृत्व पंक्तिमा रहेकाहरूले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माग राखेका छौँ,” क्यानका केन्द्रीय सदस्य ऋषिराम गौतमले भने, “हामीले सार्वजनिक रुपमा उहाँको राजीनामा माग गरिसकेपछि उहाँहरूले नै अध्यक्षता गरेको बोर्ड बैठकमा बस्न नसक्ने भनी बहिष्कार गरेका छौँ ।”

S.A.U
Agani Group

क्यानका केन्द्रीय सदस्य गौतमसहित दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले माघ १५ काठमाडौंमा पत्रकार सम्मेलन गरेर कार्यसम्पादन समितिका रहेकाहरूले राजीनामा दिनुपर्ने माग गरेका थिए । उनीहरूले आज लिखित रुपमा बोर्ड बैठकमा राजीनामाको माग गरेका हुन् ।

कार्यसम्पादन समितिमा अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक महासचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह, सदस्यहरू दुर्गाराज पाठक र पदक खड्का रहेका छन् ।

Global bank

साथै, सात केन्द्रीय सदस्यले नेपाल टी–२० लिगको गभर्निङ काउन्सिलका संयोजक प्रशान्तविक्रम मल्ल, सदस्यहरु दुर्गाराज पाठक, भानुभक्त सिग्देल, अशोक मल्होत्रा र सेभेन थ्री स्पोर्ट्सका मालिक जतिन अहलुवालियालाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १४:५५
प्रतिक्रिया दिनुहोस्