site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
१६ वर्षसम्म भेटिएनन् खुमबहादुर खड्काका ‘पीएसओ’ को हत्यारा, फाइल खोतल्दै प्रहरी

काठमाडौं । नेपाल प्रहरीका सई कुवेर कार्की हत्या अनुसन्धानको फाइल प्रहरीले फेरि खोतल्न सुरु गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्या अनुसन्धानमा फेरि सक्रियता देखाएको हो ।

०६३ मंसिर २० गते काठमाडौंको गोठाटारस्थित आफ्नै निवासमा सुतिरहेका बेला सई कार्कीलाई कोठाबाट घिसारेर अज्ञात व्यक्तिले अन्धाधुन्ध खुकुरी प्रहार गरि घाइते बनाएका  थिए ।

Dabur Nepal
NIC Asia

उपचारकै क्रममा उनको क्रममा मृत्यु भएको थियो । कार्की तत्कालीन समयमा कांग्रेस नेता पूर्वमन्त्री खुम्बहादुर खड्काका पीएसओ थिए ।

उनको हत्या भएको १६ वर्ष बितिसक्दा पनि हत्यारासम्म पुग्न प्रहरी असफल भएको छ ।

घटनाको समयमा प्रहरी सक्रिय भए पनि त्यसपछि अनुसन्धान रोकिएजस्तै भएको थियो । तर उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान फेरि सुरु गरेको छ । तर अभियुक्तसम्म पुग्ने ‘क्लु’ र प्रमाण छैन ।

प्रहरीले परिवारकै सदस्यले अनुसन्धानमा सहयोग नगरेको गुनासो गर्दै आएको छ ।

हत्या भएको रात उनी श्रीमतीसँगै थिए । तर उनकी श्रीमती रञ्जुले आफुलाई घटनाबारे केही थाहा नभएको बताएकी थिइन् ।

उनले तत्कालीन समयमा प्रहरीलाई भनेकी थिइन्, “हामी सँगै सुतेका थियौं । राति १ बजेतिर कोठाको चुकुल फोडेर केही व्यक्ति कोठामा पुगेछन् । मसँगै सुतेका मेरो श्रीमान्लाई लगेछन् । म सुतेको थिएँ । पछि बाहिर बचाउ बचाउ भनेको आवाज सुनेँ । म बाहिर आएर हेर्दा उहाँ घाइते हुनुहुन्थ्यो । उहाँमाथि किन आक्रमण भयो मलाई केही थाहा छैन ।”

तर उनले तत्कालीन समयमै १३ दिनपछि घटनाको बारेमा केही बताउने भनेर बोलेको तत्कालीन समयमा अनुसन्धानमा खटिएका एक अधिकारी बताउँछन् ।

अनुसन्धानमा खटिएका अधिकारीहरुका अनुसार कार्कीले सधैं सुत्ने स्थान नजिकै पेस्तोल राख्ने गरेका थिए । तर घटना भएको रात उनको पेस्तोल श्रीमतीले दराजमा राखिदिएको खुलेको थियो ।

घटनालाई पुष्टि गर्ने प्राविधिक आधार नभएकाले जटिलता थपिएको अधिकारीहरु बताउँछन् । पारिवारिक र प्रेम सम्बन्धका कारण घटना भएको हुनसक्ने प्रहरी अधिकारीहरुको आशंका छ ।

प्रहरीका अनुसार घटनाको दिन सई कार्कीको घरभित्र प्रवेश गर्दा उनको घरको मूल ढोका बन्द अवस्थामा थियो । उनको एकतले घर थियो ।

हत्यारा घरको छतबाट भित्र पसेको हुनसक्ने प्रहरी अनुमान छ । छतको ढोका पनि खुला अवस्थामा भेटिएको थियो ।

प्रहरीले सो समयमा विभिन्न व्यक्तिसँग सोधपुछ गरे पनि कसैलाई नियन्त्रणमा भने लिएको थिएन ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १३:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro