site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेसेन्जर, भाइबरसहितका एपले टेलिकम कम्पनीको व्यापारमा धक्का, अध्ययन गर्दै प्राधिकरण 
Tiktok banner adTiktok banner ad

काठमाडौं । फेसबुक मेसेन्जर, ह्वाट्सएप, भाइबर जस्ता ओटीटी एपले टेलिकम कम्पनीको व्यापारमा धक्का दिएको छ । सूचना प्रविधिको विकाससँगै पछिल्लो समय सम्पर्क गर्ने माध्यम मेसेन्जसर, ह्वाट्सएप तथा भाइबर हुन थालेको छ । 

ओटीटी प्लेटफर्मले गर्दा टेलिकम व्यवसायमा भने असर गरेको छ । फोन सम्पर्क गर्नु नपर्ने तथा मेसेजसमेत पठाउनु नपर्ने भएपछि टेलिकम कम्पनीको व्यापार घटेको हो । ओटीटी प्लेटफर्मले सुरक्षा जोखिमसमेत बढाएको छ । ओटीटी प्लेटफर्मबाट ठगीको घटनासमेत बढेको छ । 

पछिल्लो समय ह्वाट्सएपमा चिट्ठा परेको मेसेज आउने र त्यसबाट धेरै सर्वसाधारण ठगिएका छन् । नेपालमा नियमन नभएको हुँदा ठगी नियन्त्रण तथा सुरक्षामा जोखिमलाई समेत न्यूनीकरण गर्न नसक्ने स्थिति देखिएको छ ।

ओटीटी प्लेटफर्मले सुरक्षा जोखिम बढाएको टेलिकम कम्पनीको व्यवसाय घट्दा सरकारले पाउने राजस्वसमेत घट्न थालेपछि नियामक निकाय दूरसञ्चार प्राधिकरणले अध्ययन गर्न थालेको छ । प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले ओटीटी प्लेटफर्मले पारेको असरलाई अध्ययन गर्नको लागि अध्ययन समिति गठन भएको जानकारी दिए ।
 
प्राधिकरणका निर्देशक अमर स्थापितको संयोजकत्वमा अध्ययन कमिटी गठन भएको हो । 

“सार्क देशहरूमा ओटीटी प्लेटफर्मको बारेमा कानुनी अवस्था के छ ? त्यसको अध्ययन गर्न लागिएको हो,” पौडेलले भने, “ओटीटी प्लेटफर्मले राजस्व घटेको तथा सुरक्षा जोखिम बढाएकोसमेत गुनासो आएको छ, यसलाई न्यूनीकरण गर्नको लागि अध्ययन गर्न लागिएको हो ।”

ओटीटी प्लेटफर्मले राजस्व गुमेको भन्दै महालेखा परीक्षकको कार्यालयले यसलाई करको दायरामा ल्याउन भनेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  १६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro