site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भियतनामका राष्ट्रपतिले राजीनामा दिने 
Sarbottam CementSarbottam Cement

हनोई । भियतनामका राष्ट्रपति गुयन सुआन फुकले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । दुईजना उपप्रधानमन्त्रीको बहिर्गमनपछि यसअघि नै राष्ट्रपतिको राजीनामाबारे व्यापक चर्चा भएको थियो । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका फुकले सन् २०२१ देखि राष्ट्रपतिको पदभार सम्हाल्दै आएका छन् । कट्टरपन्थीहरूको नेतृत्वमा भ्रष्टाचारविरुद्धको अभियान चलिरहेकाबेला उनको राजीनामाको खबर बाहिरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

अहिले सयौँ कम्युनिस्ट पार्टीका सदस्यहरूमाथि भ्रष्टाचारलाई लिएर अनुसन्धान भइरहेको छ ।

राष्ट्रपतिको राजीनामाका लागि पनि राष्ट्रिय सभाको अनुमोदनको आवश्यकता हुन्छ । औपचारिकताका लागि बुधबार नै असाधारण मतदानको आयोजना हुने अपेक्षा गरिएको छ । 

Global Ime bank

पार्टीबाट जारी भएको एक विज्ञप्तिमा फुकको नेतृत्वको प्रशंसा गरिएपनि उनको नेतृत्व अन्तर्गतका थुप्रै अधिकारीहरूले गरेका गलत कार्य र नियम उल्लंघनका लागि राजनीतिक रूपमा उनी जिम्मेवार रहेको बताइएको छ ।

यसै महिनाको सुरुमा राजीनामा दिएका दुईजना उपप्रधानमन्त्री, दुईजना मन्त्री र अन्य अधिकारीहरूले अहिले आपराधिक अभियोग सामना गरिरहेका छन् ।  

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  २२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC