site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
चलचित्र ‘पशुपति प्रसाद–२ भस्मे डन’ बन्ने, मुख्य भूमिकामा विपीन र स्वस्तिमा  
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘पशुपति प्रसाद–२ भस्मे डन’ बन्ने भएको छ । ‘पशुपति प्रसाद’को मुख्य पात्रमध्येको एक भस्मेडनको कथामा ‘भस्मे डन’ टाइटलमा चलचित्र निर्माणको तयारीमा रहेको निर्माण पक्षले नाममा परिवर्तन गर्दै ‘पशुपतिप्रसाद–२ भस्मे डन’ टाइटलमा चलचित्र बनाउन लागेको हो । 

लोकप्रिय भइसकेको नामलाई निर्माण पक्षले छोड्न नचाहेको बताइएको छ । पशुपतिप्रसाद आफैंमा ब्राण्ड बनिसकेको र त्यसलाई निरन्तरता दिनु पर्छ भन्ने निष्कर्षमा आफूहरू पुगेको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

“हामीले सुरुमा भस्मे डन टाइटलमा चलचित्र बनाउने भनेका थियौं । तर, धेरैको सुझाव पशुपतिप्रसाद टाइललाई नछोडौं भन्ने रह्यो । त्यसैले पशुपतिप्रसाद–२ भस्मे डन नाम राख्ने निर्णय भएको छ,” उनले भने । 

चलचित्रको मुख्य पात्र भने भस्मे डन नै हो । भष्मे डनको भूमिकामा विपीन कार्की हुनेछन् । ‘पशुपतिप्रसाद’मा उनले गरेको क्यारेक्टर लोकप्रिय भएको थियो । सोही भूमिकाबाट नेपाली रजतपटमा विपीनको उदय भएको थियो । अहिले उनी कमिर्सयल हुन् अथवा क्रिएटिभ दुवै फिल्मका रोजाइका अभिनेता हुन् । 

Global Ime bank

विपीनको अपोजिटमा स्वतस्तिमा खड्का देखिने छिन् । स्वस्तिमासँग निर्माण पक्षले आज सम्झौता गरेको छ । 

विपीनसँगै सौगात मल्ल पनि यो सिनेमामा सौगात मल्ल पनि देखिनेछन् । मित बाको क्यारेक्टरमा प्रकाश घिमिरे नै हुने निर्देशक खनालले जानकारी दिए । अन्य कलाकार टुंगो लागि सकेको छैन । 

दीपेन्द्र के खनालले निर्देशन गर्ने चलचित्रको कथा खगेन्द्र लामिछानेले लेखेका छन् । ‘पशुपतिप्रसाद–२ भस्मे डन’का निर्माता पनि खगेन्द्र स्वयं हुन् । 

चलचित्र फागुन १२ गतेबाट छायांकनमा जानेछ । पशुपतिनाथको मन्दिर वरपर छायांकन हुने चलचित्र आउँदो दसैंमा रिलिज हुनेछ ।  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १५:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC