site stats
बाह्रखरी :: Baahrakhari
देश
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
विद्यार्थीको मृत्युपछि सिरहामा तनाव
Ghorahi CementGhorahi Cement

सप्तरी । सिरहाको मिर्चैया यति बेला तनावग्रत बनेको छ । मिर्चैयास्थित सगरमाथा माध्यमिक विद्यालयकी एक शिक्षिकाले विद्यार्थीलाई स्प्रीट खुवाउँदा मृत्यु भएको भन्दै आफन्त विरोध प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले ती शिक्षिकालाई कारबाहीको मागसहित सडकमा टायर बालेर प्रदर्शन गरेका छन् ।

शुक्रबार विद्यालयमा पढ्न गएकी सिरहा नगरपालिका–११, भलुवाहीका धर्मेन्द्रकुमार महराकी १५ वर्षीया छोरी सिर्जनाकुमारीलाई सोही विद्यालयकी शिक्षिकाले स्प्रीट खुवाएको परिवारको आरोप छ ।

Dabur nepal
Agni Group

परिवारका अनुसार कक्षा–८ मा पढ्ने सिर्जनालाई शुक्रबार बिहान पेट दुखेपछि ती शिक्षिकालाई बताएकी थिइन् । शिक्षिकाले उनलाई पेट दुःखाइ निको हुने भन्दै एउटा ट्याब्लेट औषधि दिएर पानीको सट्टा स्प्रीट खुवाएको परिवारको आरोप छ ।

शिक्षिकाले कोल्ड ड्रिंकको बोतलमा राखिएको बोर्ड सफा गर्ने स्प्रीट खुवाएको उनीहरूको भनाइ छ । त्यसपछि हिँड्न समेत नसक्ने हुँदा उनलाई घर लगिएको थियो ।

अवस्था नाजुक हुन थालेपछि सिर्जनालाई कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पतालमा भर्ना गरियो । त्यहाँ लैजाँदा उनको फोक्सो सेतो भइसकेको, आँखाको नानी स्थिर भइसकेको उपचारमा संलग्न चिकित्सक डा. श्याम साहले बताए ।

शनिबार राति ११ बजे उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

डा. साहले सिर्जनाको शरीरमा विषजन्य पदार्थ गएको देखिए पनि यथार्थ कुरा पोस्टमार्टमको रिपोर्ट आएपछि मात्र थाहा हुने बताए ।

प्रहरी टोली अस्पतालमा पुगेको छ । मृतक किशोरीको शव पोस्टमार्टमका लागि सिरहा लैजाने तयारी गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  १५:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu