site stats
बाह्रखरी :: Baahrakhari
देश
नाबालिगसँग विवाह गरी भारत लैजाने प्रयास, तीनजना समातिए

सप्तरी । बालविवाह गराउने कार्यमा संलग्न रहेको आरोपमा सप्तरी प्रहरीले तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारतको जम्बु कश्मीरका ४० वर्षीय मो. रफिक खार, सोही ठाउँका २७ वर्षीय नुर जहान र ४१ वर्षीय गुलाब जिलानी रहेका छन् ।

नबालिगसँग विवाह गरेर भारतको जम्बु कश्मीर लैजाँदै गर्दा उनीहरूलाई सप्तरीको राजगढ गाउँपालिका–२ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रहरीका अनुसार गुलाब जिलानीलाई ‘विवाह गराइदिन्छु’ भनी नेपाल ल्याई सप्तरीकै महादेवा गाउँपालिका–१ की १७ वर्षीया किशोरीसँग विवाह गराई चारैजना भारततर्फ जाँदै थिए । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बनैनियाबाट खटिएको टोलीले फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए ।

“अनुसन्धान गर्दा मो. रफिक खार, नुर जहानले गुलाब जिलानीलाई नाबालिगसंँग विवाह गराई भारततर्फ लान खोजेको खुल्न आएको हुँदा उनीहरूउपर बालविवाहसम्बन्धी कसुर मुद्दामा अदालतबाट म्याद थप गराई अनुसन्धान भइरहेको छ” सिंहले भने ।

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १३:०३
प्रतिक्रिया दिनुहोस्