site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लुम्बिनीमा नयाँ मुख्यमन्त्री गिरी कि महरा ?
Sarbottam CementSarbottam Cement

बुटवल । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)सहितका सातदलीय गठबन्धको नेतृत्वमा नै प्रदेश सरकारहरू बन्ने सम्भावना बढी छ । लुम्बिनी प्रदेशमा पनि यही गठबन्धनको सरकार गठन हुने देखिएको छ ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतको सरकार गठनका लागि कप्तीमा ४४ सांसद आवश्यक पर्छ । यहाँ एमाले नेतृत्वको गठबन्धनमा ५३ प्रदेशसभा सदस्य रहेको देखिन्छ ।

केन्द्रीय राजनीतिमा एमाले र माओवादी केन्द्रसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी मिलेपछि लुम्बिनीमा बहुमत जुटाउन सहज भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेशमा सबैभन्दा ठूलो दल एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जसपाका तीन र जनमत पार्टीका तीन सांसद छन् ।

लुम्बिनीमा दोस्रो दल बनेको नेपाली कांगेसका २७, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तीन, राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी)का एक/एक सांसद छन् । दुई स्वतन्त्र सांसद पनि छन् ।

Global Ime bank

संविधानको व्यवस्थाअनुसार निर्वाचन परिणाम प्रदेश प्रमुखलाई बुझाएको ३० दिनभित्र मुख्यमन्त्री चयन गर्नुपर्ने हुन्छ । त्यसानुसार यही पुसको अन्तिम सातासम्म मुख्यमन्त्री चयन गरिसक्नुपर्छ ।

नेपालको संविधानको धारा १८२ मा प्रदेशसभाको पहिलो बैठक सुरु भएको १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने व्यवस्था छ । गएको सोमबार वर्तमान प्रदेशसभाको पहिलो बैठक बसेको थियो । अब माघ ३ गतेका बैठक बोलाइएको छ । लुम्बिनी प्रदेशसभाले माघ ३ मै सभामुख पाउनेछ ।

गिरी कि महरा ?
दलका प्रदेशस्तरीय नेताहरू जति सक्रिय भए पनि राजनीतिक कदमका लागि केन्द्रीय निर्णय कुर्ने गरेका छन् । यद्यपि, सबैभन्दा ठूलो दलको हैसियतले एमालेले लुम्बिनी सरकारको नेतृत्व गर्ने सम्भावना बढी छ । एमालेबाट संसदीय दलको नेतामा लीला गिरी चयन भएकाले उनी नै मुख्यमन्त्री बन्न सक्नेछन् । एमाले नेता यहाँ मुख्यमन्त्रीमा गिरीको सम्भावना बढी रहेको बताउँछन् ।

माओवादी केन्द्रले पनि नयाँ मुख्यमन्त्रीमा दाबी गरिरहेको छ । दलका नेता एवं रोल्पा क्षेत्र नम्बर–१ ‘क’बाट निर्वाचित जोखबहादुर महरा मुख्यमन्त्री सक्ने सम्भावना पनि छ ।

एमालेले मुख्यमन्त्री पाएमा माआवादी केन्द्रले प्रदेश सभामुख पाउन सक्छ । माओवादीले मुख्यमन्त्री पाएमा एमालेले सभामुख पाउने सहमति हुनसक्छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  १३:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC