site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
त्रिभुवनका पनातिनी ज्वाइँको हत्या : नुवाकोटमा थियो ३५६ रोपनी जमिन, यस्तो छ सम्पत्तिको विवाद
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रहरीले २०६९ असोज १७ गते ललितपुरमा हत्या गरिएका दिवाकर चन्द हत्या अनुसन्धान १० वर्षपछि फेरि सुरु गरेको छ ।

प्रारम्भीक अनुसन्धानमा प्रहरीले सम्पत्तिकै विषयलाई लिएर उनको हत्या भएको हुनसक्ने निष्कर्ष निकालेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र उपत्यका अपराध अनुसन्धान कार्यालयले रोकिएको अनुसन्धान फेरि सुरु गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

हत्या गरिएका चन्द राजा त्रिभुवनका पनातिनी ज्वाइँ हुन् । बैतडी पुर्ख्यौली घर भएका चन्द श्रीमतीसँग सम्बन्ध विच्छेद भएपछि ललितपुर धोविघाटमा भाडामा फ्ल्याटमा बस्दै आएका थिए ।

दिवाकर पञ्चायतकालमा रानी ऐश्वर्यको अध्यक्षतामा गठित सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्को सदस्य–सचिवसमेत भएका थिए ।

Global Ime bank

यसबाहेक उनी विश्व हिन्दु महासंघका तत्कालीन वरिष्ठ उपाध्यक्ष समेत थिए ।

तत्कालीन समयमा अनुसन्धानमा सक्रिय प्रहरी अधिकारीहरुका अनुसार बाहिरबाट कोठा बन्द भएकाले प्रहरीले प्रारम्भीक रुपमा चन्दको हत्या भएको आशंका गरेको थियो ।  

प्रहरीले चन्दको हत्या सम्पत्ति र आर्थिक कारणले भएको दाबी गर्दै आएको छ । 

बाह्रखरीलाई प्राप्त तत्कालीन समयको प्रहरी अनुसन्धानको निष्कर्षमा भनिएको छ, “चन्दको विभिन्न स्थानमा सम्पत्ति थियो । केहीमा विवाद पनि थियो । यी मुद्दाहरुमा करोडौंको नाफा घाटा हुने भएकाले यी मुद्दासँग सम्बन्धित व्यक्ति शंकाको घेरामा छन् ।”

कहाँ कहाँ थियो दिवाकरको सम्पत्ति विवाद ?

प्रहरी अनुसन्धानका क्रममा दिवाकर चन्दको नुवाकोटमा ३५६ रोपनी जमीन थियो । 

सो जग्गामा थानसेन कृषी फर्म थियो । अहिले जग्गाको अवस्थाबारे प्रहरीले चासो दिएको छ । तत्कालीन समयमा सो जग्गासँग सम्बन्धित अन्य व्यक्तिसँग प्रहरीले सोधपुछ गरेको थियो ।

प्रहरीका अनुसार मृतक दिवाकारको पुरानो राजदरबारको उत्तर ढोकामा रहेको ‘क्रस कन्ट्री होटेल’मा समेत विवाद रहेको खुलेको थियो ।

यसबाहेक महेन्द्रनगरमा रहेको महेन्द्रनगर मेडिकल कलेजको विषयमा समेत उनको मुद्दा रहेको बताइएको छ । 

महेन्द्रनगरमा मेडिकल कलेज बन्ने भनिए पनि बन्न भने सकेन । प्रहरीले कलेजसँग सम्बन्धित केही व्यक्तिसँग सोधपुछ समेत गरेको थियो ।

प्रहरीका अनुसार दिवाकर जग्गाको कारोबारसमेत गर्दै आएका थिए । प्रहरीले मृतक चन्दसँग जग्गाको कारोबार गर्नेसँगसमेत सामान्य सोधपुछ गरेको थियो ।

प्रहरी अधिकारीकाअनुसार फेरि मृतकसँग आर्थिक तथा जग्गा सम्बन्धी कारोबार भएकाहरुको पहिचान र उनीहरुविरुद्ध अनुसन्धान अगाडि बढाइएको छ ।

प्रहरीले जग्गा र आर्थिक पाटोकै विषयमा तत्कालीन समयमा चन्दसँग जग्गाको कारोबार गर्दै आएका टीकाराज तिम्सिनासँगसमेत बयान लिएको थियो ।

यसबाहेक ०६९ असोज १८ मा तत्कालीन सवाह नेपालका कार्यकारी अध्यक्ष रविन अमात्यलाई समेत सोधपुछ गरिएको थियो ।

प्रहरीले राजनीतिक र उच्च प्रशासनिक दबाबले तत्कालीन समयमा घटनाको अनुसन्धान रोक्नुपरेको बताउँदै आएको र यो घटनामा माओवादीका प्रभावशाली नेताहरुको समेत संलग्नता रहेको हुन सक्ने प्रहरी अनुमान छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  ०९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement