site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लुम्बिनीमा सभामुख चयनको बाटो खुल्यो
SkywellSkywell

वुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा सोमबार बसेको प्रदेश सभाको बैठकपछि सभामुख र उपसभामुख चयनको बाटो खुलेको छ । पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

राजनीतिक दलबीच सहमतिको प्रयास गरिने र सम्भवतः आगामी बैठकले सभामुख चयन गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभाको आगामि बैठक माघ ३ गते बस्ने भएको छ ।

KFC Island Ad
NIC Asia

सोमबार बसेको लुम्बिनी प्रदेश सभाको दोस्रो बैठकले लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ पारित गरेसँगै बैठक स्थगित भएको थियो । पहिलो अधिवेशनको दोस्रो बैठक सकिएपछि अध्यक्षता ग्रहण गरेका ज्येष्ठ सदस्य डिल्लीराज भुसालले तेस्रो बैठकको मिति तोकेका हुन् ।

Lumbini Pradesh Sabha1672673227.jpg

Royal Enfield Island Ad

यसअघि ज्येष्ठ सदस्य भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’ पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव सदनले पारित गरेको थियो ।

यही नियमावलीको आधारमा प्रदेश सभाले आफ्ना गतिविधि अघि बढाउनेछ । यसअघि प्रदेश नम्बर ५ नियमावली २०७४ थियो । तर, त्यो नियमावली ५० प्रतिशतभन्दा बढी संशोधन गर्नुपर्ने भएपछि नयाँ नियमावली बनाइएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

Lumbini Pradesh Sabha 21672673219.jpg

"सिकाइ र अनुभवका आधारमा नियमावली संशोधन गर्नुपर्ने भयो । पुरानो नियमावली संशोधन गर्दा ५० प्रतिशतभन्दा बढी गर्नुपर्ने देखिएपछि नयाँ बनाइएको हो," पुनले भने, "प्रदेश सभाको सबै गतिविधि यही नियमावलीको आधारमा हुन्छ ।"

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  २१:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro