site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लुम्बिनीमा आज नवनिर्वाचित सांसदहरूको शपथ, भोलि संसद् बैठक
Sarbottam CementSarbottam Cement

बुटवल । लुम्बिनी प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका दाङ देउखुरीस्थित नवनिर्मित प्रदेशसभा भवनमा दिउँसो १ बजे सपथ ग्रहण गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ । 

प्रदेशसभा सचिवालयका सचिव दुर्लभ पुनले दिउँसो १ बजे प्रदेशप्रमुख अमिक शेरचनले सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम राखिएको जानकारी दिए । शपथका लागि प्रदेशका १२ वटै जिल्लाबाट निर्वाचित प्रदेश सांसदहरूमध्ये कतिपय शनिबार नै दाङ पुगिसकेका छन् । पहिलो ५ वर्षे कार्यकालका सबै बैठकहरू प्रदेश मुकाम बुटवलबाट भए पनि दोस्रो कार्यकालका सबैकामहरू स्थायी राजधानीबाट हुन लागेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

लुम्बिनी प्रदेश सभाको प्रथम बैठक सोमबार दिउँसो १ बजे राखिएको छ । नव निर्मित भवनमै प्रदेशको पहिलो अधिवेशनको पहिलो बैठक बस्नेछ ।

पहिलो संसद बैठकको अध्यक्षता जेष्ठ सदस्य डिल्लीराज भुसालले गर्ने भएका छन् ।  उनी गुल्मी निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित भएका थिए ।

Global Ime bank

लुम्बिनी प्रदेशमा ८७ जना प्रदेश सभा सदस्य छन । ५२ जना प्रत्यक्ष र ३५ जना समानुपातिक प्रणालीबाट निर्वार्चित सांसदहरू छन् ।

यसपटक नेकपा एमाले २९ सदस्यसहित सबैभन्दा ठूला दल बनेको छ। नेपाली कांग्रेसका २७ र नेपका माओवादी केन्द्रका ९ सांसद छन । राप्रपाका  ४,  नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टी, लोसपा र जनता समाजवादी पार्टीका ३/३ सांसद रहेका छन् ।

प्रत्यक्षमा कुनै सिट नजितेका राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीले समानुपातिकबाट एक/एक सांसद जितेका छन् । त्यस्तै स्वतन्त्रबाट तीन सिट जितेका छन् ।  उनीहरू सबै माओवादीबाट बिद्रोह गरी निर्वाचनमा उठेका थिए । 

२०७४ सालमा लुम्बिनीमा पाँच दलको मात्रै प्रतिनिधित्व थियो । यो पटक दश दलको प्रतिनिधित्व रहेको छ ।

लुम्बिनी प्रदेशमा एमाले वा माओवादी केन्द्रले मुख्य मन्त्री पाउने सम्भावना देखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  ०८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC