site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘सिरियल किलर’ शोभराज भन्छन्– स्वदेश फर्किएपछि समाजसेवामा लाग्छु 

काठमाडौं । विश्व कुख्यात सिरियल किलरका रूपमा चिनिएका चार्ल्स शोभराज १९ वर्ष नेपालस्थित सुन्धारा केन्द्रीय कारागारमा सजाय काटेका विश्वकै ‘मोष्ट वान्टेड’ अपराधी हुन् ।

कतार एयसवेजको विमानबाट उनी स्वदेश फर्किन लागेका उनका वकिल गोपाल शिवाकोटी चिन्तनले जानकारी दिए । 

विमानस्थलमा पनि सुरक्षा तयारी बढाइएको छ । दूतावासबाट केही कागज नपुगेकाले उनी आजै जाने वा नजाने यसै भन्न नसकिने विमानस्थलस्थित अध्यागमनका अधिकारीहरु बताउँछन् ।

Dabur Nepal
NIC Asia

केन्द्रीय कारागार सुन्धारबाट छुटेलगत्तै अध्यागमन विभाग पुगेका शोभराजले आफू तत्कालै स्वदेश फर्किन चाहेको बताएका थिए ।

बुधबार सर्वोच्च अदालतले शोभराजलाई रिहा गर्न आदेश दिएको थियो । सर्वोच्चबाट फ्रान्सेली नागरिक शोभराजलाई जेलमुक्त गरेर १५ दिनभित्र आफ्नो देश फर्काउन आदेश दिएको थियो ।

बिहान कारागारबाट खाना खुवाएर शोभराजलाई अध्यागमन विभाग पु¥याइएको थियो । त्यहाँ रहँदा उनले चिया पिएका थिए ।

आफुले चाहेका व्यक्तिलाई मात्रै भित्र भेट्न बोलाए ।

यहाँसम्म कि उनले निहीता विश्वास र उनकी आमा शकुन्तला थापालाई भेट्न अस्वीकार गरे । निहीताको नाम शोभराजसँग जोडिँदै आएको थियो ।

पटक–पटक शोभराजलाई भेट्न खोज्दा पनि अध्यागमन कार्यालयमा प्रवेश नपाएपछि निहीता आक्रोशित देखिएकी थिइन् । 

दिनभर आमाछोरीले शोभराजसँग भेट्ने समय मागिरहे । तर उनीहरुको प्रयास सफल हुन सकेन् । भेट्न नपाए पनि उनले शोभराज सकुशल घर फर्किन पाउन् भनेर कामना गरिन् ।

निहीताकै अनुसार शोभराज केही दिन नेपालकै होटेल वा अस्पतालमा बस्न चाहन्थे । सुरक्षा स्रोतका अनुसार उनी थप १० दिन नेपालमै बस्न चाहन्थे तर कारागार बाहिर ।  

सुरक्षालगायत अन्य कारणले उनलाई नेपालमा राखिएन । एक ‘क्रुर अपराधी’ शोभराजको आगामी जीवन कस्तो होला भन्नेबारे चासो छ । 

शोभराजसँग जोडिएका कानुन व्यावसायी गोपाल सिवाकोटीका अनुसार उनी स्वदेश फर्किएपछि समाजसेवा गर्न इच्छुक देखिएका छन् ।

अध्यागमन परिसरका शोभराजको भनाइ उद्धृत गर्दै शिवाकोटीले  बाह्रखरीसँग भने, “मविरुद्ध लगाइएका आरोप, लेखिएका पुस्तक, बनाइएका भिडियो र सबै सामग्री झुटो हुन् । म मेराविरुद्ध गरिएका गलत कार्यको विरुद्ध क्षतिपूर्तिको माग गर्दै अन्तर्राष्ट्रिय न्यायिक निकायमा जान्छु । त्यहाँबाट आएको रकमले फ्रान्समै समाजसेवा गर्न चाहन्छु ।”

यसबाहेक फ्रान्स पुगेर परिवारका सदस्यलाई सबैभन्दा पहिले भेट्ने उनको योजना छ । शोभराजमाथि २० भन्दा बढी व्यक्तिको हत्या गरेको अभियोग छ । 

सन् २००३ मा उनलाई नेपाल प्रहरीले पक्राउ गरेको थियो । सन् १९७५ मा नेपाल आएका एक अमेरिकी र एक क्यानडेली नागरिकको हत्या अभियोगमा उनी पक्राउ परेका थिए । 

सन् २००४ मा अदालतले उनलाई आजीवन कारावासको सजाए सुनाएको थियो । त्यसपछि उनी ०६० सालमा काठमाडौंबाट पक्राउ परेका थिए । 

उनलाई सुन्धारास्थित केन्द्रीय कारागारको गोलघरमा राखिएको थियो ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro