site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
छोरीलाई भेट्ने कुख्यात अपराधी चार्ल्स शोभराजको चाहना
फाइल तस्बिर ।

काठमाडौं । ‘विकिनी किलर’का नामले परिचित कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजलाई थुनामुक्त गर्ने प्रक्रिया अगाडि बढाइएको छ । बुधबार (हिजो) सर्वोच्च अदालतले उनलाई जेलमुक्त गर्न आदेश दिएको हो ।

फ्रान्सेली नागरिक शोभराजलाई जेलमुक्त गरेर १५ दिनभित्र आफ्नो देश फर्काउन आदेश गरिएको छ । शोभराजका तर्फबाट कैद सजाय छुट पाउनुपर्ने भन्दै ०७५ कात्तिकमा सर्वोच्चमा निवेदन दिइएको थियो । लामो समयपछि सोही निवेदनका आधारमा सर्वाेच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले उनलाई जेलमुक्त गर्ने आदेश गरेको हो ।

शोभराजका तर्फबाट सर्वोच्चमा बहस गरेका अधिवक्ता गोपाल शिवाकोटी ‘चिन्तन’ले उनीविरुद्ध लागेका गलत आरोपको उनले छुटेपछि कानुनी प्रतिवाद गर्ने बताएका छन् । उनले शोभराजले परिवारका सदस्यलाई पनि भेट्ने र उनीहरू पनि नेपाल आउन सक्ने बताए । त्यसबाहेक के गर्ने भन्नेबारे छलफल भइरहेको शिवाकोटीको भनाइ छ ।

Dabur Nepal
NIC Asia

७८ वर्षीय शोभराजले १९ वर्ष कैद सजाय भोगिसकेका छन् । उनीमाथि २० भन्दा बढी व्यक्तिको हत्या गरेको अभियोग छ । उनीबाट भएका अधिकांश घटनामा महिला पीडित छन् ।

सन् २००३ मा उनलाई नेपाल प्रहरीले पक्राउ गरेको थियो । सन् १९७५ मा नेपाल आएका एक अमेरिकी र एक क्यानडेली नागरिकको हत्या अभियोगमा उनी पक्राउ परेका थिए । २००४ मा अदालतले उनलाई आजीवन कारावासको सजाए सुनाएको थियो ।

त्यसपछि उनी ०६० सालमा काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई सुन्धारास्थित जगन्नाथदेवल कारागारको गोलघरमा राखिएको थियो ।

सर्वोच्चले आदेशको जानकारी जिल्ला अदालत काठमाडौं, भक्तपुर र केन्द्रीय कारागारमा पठाएको छ । आदेश प्राप्त गरेपछि जिल्ला अदालतले  अरू मुद्दामा सजाय भोग्न नपर्ने पाइए उक्त पत्राचारका आधारमा उनी छुट्नेछन् । छुटेमा उनी आफ्नो मुलुक फ्रान्स जान पाउनेछन् ।

शोभराजलाई कसको जिम्मा लगाउने र छुटाउने प्रक्रियाबारे कारागार व्यवस्थापन विभागका अधिकारीहरू छलफलमा छन् । उनलाई नेपालस्थित फ्रान्सेली दूतावास वा अध्यागमन विभागको जिम्मा लगाइने सम्भावना बढी छ ।

छुटेपछि के गर्लान् शोभराज ?
कारागारबाट छुटेको अवस्थामा शोभराजले के गर्लान् भन्ने चासो बढ्दो छ । उनले कारागारभित्र आफूसँग नजिक रहेका कैदीहरूलाई आफ्नी छोरी भेट्ने इच्छा रहेको बताउँदै आएका थिए ।

उनले जापानी महिलासँग आफूले विवाह गरेको र उनीबाट एक छोरी जन्मिएको बताउने गरेका थिए । उनले आफू नेपालमा पक्राउ पर्दा छोरी ६ महिनाकी भएको सुनाउँदै आएका थिए । उनको त्यो रहर पूरा हुने/नहुने टुंगो छैन ।

पछिल्लो समय शोभराजमा स्वास्थ्य समस्या समेत देखिएको थियो । सर्वोच्चको पछिल्लो आदेशसँगै उनी रहेको सुन्धारा कारागारको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  १२:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro