site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बैतडीमा शिक्षक हत्या आरोपमा श्रीमान् श्रीमती पक्राउ 
Sarbottam CementSarbottam Cement

डडेलधुरा । बैतडीमा मृत भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या आरोपमा श्रीमान् श्रीमती पक्राउ परेका छन् ।

विष्ट बस्ने छात्रवासमै बस्ने एक युवती र उनका श्रीमान् पक्राउ परेका हुन् । जिल्लाको सुर्नया गाउँपालिकाको ग्वानी घर भएर पाटनस्थित कृष्ण माध्यमिक विद्यालयमा अध्यापन गर्दै आएका विष्टको हत्या गरेको अभियोगमा कृष्ण माध्यमिक विद्यालयमै कम्प्युटर डिप्लोमा अध्ययन गर्ने पुर्चौडी नगरपालिकाकी बिमला बोहरा र उनका श्रीमान् प्रजा बोहरा पक्राउ परेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रारम्भिक अनुसन्धानबाट शिक्षक विष्टको हत्या भएको र अभियुक्त दुबै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय पाटनमा राखिएको छ ।

शनिबार मृत फेला परेका शिक्षक विष्ट र हत्या आरोपमा पक्राउ परेकी बोहरा दुबै कृष्ण माध्यमिक विद्यालयको छात्रबासमा बस्दै आएका थिए । शुक्रबार राति विवाद भएपछि श्रीमान् श्रीमती मिलेर हत्या गरेको दाबी प्रहरी अधिकारीको छ ।

Global Ime bank

शिक्षक विष्ट पुस २ गते बिहान पाटनस्थित कृष्ण माध्यमिक विद्यालयको होस्टेल पछाडि मृत अवस्थामा भेटिएका थिए । विष्टको हत्या भएको र दोषीलाई पक्राउ गर्नुपर्ने माग गर्दै जिल्लामा आन्दोलन चर्किएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  १०:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !