site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंबाट फर्केनन् नाउपाका सांसद, विश्वासको मत पाउने सम्भावना कम 

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो ।

त्यसका लागि बुधबार स्थगित भएको सुदूरपश्चिम प्रदेशसभा बैठक आज १ बजे बोलाइएको छ । सभामा मुख्यमन्त्री रावलले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यसूचि रहेको प्रदेशसभा सचिव देवबहादुर बोगटीले बताए ।

मुख्यमन्त्री नियुक्त हुँदा साथ दिएको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टी भने विश्वासको मत नदिने निर्णयमा अडिग छ । पार्टीका सुदूरपश्चिम प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले आफूसहित सातै जना प्रदेशसभा सदस्य काठमाडौंमा रहेको बताए । 

"हाम्रो माग सम्बोधन भएपछि मात्रै आज फर्किन्छौं," उनले भने, "हामीले नियुक्त हुँदा उहाँहरूलाई सहयोग गरेका थियौं । तर, उहाँहरुले गर्नुभएको छैन । उल्टै हाम्रा माननीयज्यूलाई पक्राउ गरिरहनुभएको छ ।" 

नाउपाले टीकापुर काण्डमा दोषी ठहर भई जेलमा रहेका नेता रेशम चौधरीलगायतका नेताहरुलाई रिहा नगरेसम्म रावललाई विश्वासको मत नदिने अडान लिएको छ ।

नाउपाले विश्वासको मत नदिए रावल मुख्यमन्त्रीबाट पदमुक्त हुनेछन् । त्यसपछि सबैभन्दा ठूलो दलको हैसियतले नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नेछ । सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४ तथा स्वतन्त्र र राप्रपाका १/१ जना सांसद छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  ११:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro