site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्री पद दुई, डेढ र एक वर्षका लागि बाँड्ने देउवाको गृहकार्य, सुरुमै प्रधानमन्त्री नपाए एमालेसँग जाने प्रचण्डको तयारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन बनाएर चुनाव लडेका दलहरूबीच नयाँ सत्ता समीकरणका विभिन्न विकल्प तयार पारेर गृहकार्य थालेका छन् । 

कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई प्रधानमन्त्री पद नै बाँड्ने गरी सत्ता समीकरणको गृहकार्यमा देउवा अघि बढेका हुन् ।

देउवानिकट स्रोतका अनुसार, कांग्रेसले सुरुको दुई वर्ष, त्यसपछि एक वर्ष छ महिना प्रचण्ड, त्यसपछिको एक वर्ष नेकपा (एस) लाई प्रधानमन्त्री दिने गरी गृहकार्य अघि बढेको छ तर सुरुको प्रधानमन्त्री देउवा बन्ने कि प्रचण्ड भन्नेमा दुवैको दाबी रहेकोले गाँठो नफुकेको जनाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेस सभापति शेरबहादुर देउवाले सुरुको दुईवर्ष आफू प्रधानमन्त्री हुने र यो संसद्को कार्यकालको अन्तिममा बाँकी रहने ६ महिना कांग्रेसकै अर्को नेतालाई प्रधानमन्त्री बनाएर चुनाव गराउने ‘सूत्र’ अघि सारेका छन् । यसो गर्दा पछिल्लो ६ महिनाका लागि प्रधानमन्त्री बनाइदिने आश्वासन दिएर पार्टीभित्रको आकांक्षा र असन्तुष्टिलाई थामथुम पारी शक्ति आर्जन गर्ने उनको रणनीति रहेको स्रोतको दाबी छ । 

प्रधानमन्त्रीसँग रहेको आगामी पाँच वर्षे कार्यकालका लागि शक्ति–बाँडफाँटको विभिन्न सूत्रमध्ये सबैभन्दा उपयुक्त यो हुनसक्ने उनीनिकट नेताहरूको दाबी छ । 

Global Ime bank

देउवाले अघि सारेको सूत्रमा सहमति जुटेमा पुसको अन्तिम साताभित्र उनी प्रधानमन्त्री नियुक्त हुने छन् ।  दुई वर्षपछि अर्थात् ०८१ पुसमा माओवादीकेन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि उनले छाड्ने छन् । 

अनि डेढ वर्षका लागि माओवादी अध्यक्ष ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त हुने छन् । 

उनले त्यसको १८ महिनासम्म प्रधानमन्त्री बनेर नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालका लागि प्रधानमन्त्री पद छाड्ने छन् । 

त्यसपछि नेपाल एक वर्ष प्रधानमन्त्री बन्ने र अन्तिममा चुनावी सरकारको प्रधानमन्त्री पुनः छ महिनाका लागि कांग्रेसकै भागमा फर्कने छ । 

“सानो दलका नेताले चुनाव गराउँदा राजनीतिक दलदेखि कर्मचारी प्रशासनले पनि टेर्दैनन् । त्यसैले चुनावी सरकारको नेतृत्व कांग्रेसले नै गर्नेगरी भागवण्डा गर्न खोजिएको हो”, प्रधानमन्त्री देउवानिकट एक कांग्रेस नेताले भने, “यसो गर्दा कांग्रेसभित्रको असन्तुष्टि व्यवस्थापन गर्न पनि सहज हुन्छ । गठबन्धन जोगाउन पनि सहज हुन्छ ।”

प्रचण्डमा बढ्यो एमाले मोह 

कांग्रेस सभापति शेरबहादुर देउवाले यस्तो प्रस्तावमा गृहकार्य गरिरहे पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने समानान्तर रूपमा एमालेसँग ‘डिल’ गरिरहेका छन् । 

देउवाले सुरुको कार्यकालमै आफूलाई प्रधानमन्त्री दिएमात्र पाँचदलीय गठबन्धनमा रहने, नत्र भने एमालेसँग सत्ता–समीकरण गरेर अघि बढ्ने योजनामा लागेका छन् । 

एमाले अध्यक्ष ओलीले पनि सुरुको दुई वर्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन सकारात्मक रहेको सन्देश उनीकहाँ पठाइसकेको एमाले स्रोतको दाबी छ ।

एमाले आगामी पाँच वर्षका लागि राष्ट्रपति पद आफूले पाउने र प्रधानमन्त्री पद दुई वर्षपछि आफूसमक्ष आउने गरी माओवादीकेन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार देखिएको छ तर एकले अर्को पार्टीका लागि ठाउँ छाडेर चुनाव लडेका ‘पाँचदलीय गठबन्धन’ कायमै रहेको अवस्थामा माओवादीसँग सत्ता–समीकरणको संवाद गर्नुको औचित्य नहुने एमालेको बुझाइ छ । 

एमालेको निर्वाचन परिचालन समितिका सचिवसमेत रहेका पार्टी उपमहासचिव विष्णु रिमालले आफूहरू नयाँ सत्ता–समीकरणबारे चूपचाप बसिरहेको बताए । 

बाह्रखरीसँग उनले भने, “जहिलेसम्म गठबन्धन बाँकी रहन्छ, त्यतिञ्जेलसम्म हामीले जरकमरक गर्नुको अर्थै हुन्न । हामी स्पष्ट छौँ ।”

एमालेका उपाध्यक्ष सुवास नेम्वाङले भने निर्वाचन परिणाम सार्वजनिक हुनेबित्तिकैदेखि भन्दै आएका छन्, “अहिलेको जनादेश कसैले कसैलाई निषेध नगर, मिलेर अघि बढ भन्ने हो ।” 

पाँचदलीय गठबन्धन कायमै रहेकाले अहिले नै एमाले–माओवादी सहकार्यको कुरा गर्नु हतार हुने बताउँदै उनले बाह्रखरीलाई भने, “मैले भन्दै आएजस्तै कसैले कसैलाई निषेध गर्ने अवस्था छैन । एमाले–माओवादीबीच पनि भेटघाट बढेको छ । चुनावअघिको जस्तो तिक्तता छैन । निर्वाचनको परिणामबाट माओवादीलगायत सबैले शिक्षा लिनुपर्छ ।”

एमाले–माओवादी गठबन्धनको संभावना ?

गठबन्धन गरेर चुनाव लडेको ‘पाँचदलीय गठबन्धन’ नटुटेकाले नयाँ सत्ता–समीकरणबारे एमाले र माओवादीका नेताहरू केही भन्न तयार छैनन् । 

एमाले नेताहरूको बुझाइ छ– प्रचण्ड एमालेसँग गठबन्धन गर्न खोजेजस्तो प्रचारबाजी गरी कांग्रेससँग ‘बार्गेनिङ’ गरिरहेका छन् । 

माओवादी महासचिव देव गुरुङ वा उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई एमाले अध्यक्ष केपी शर्मालाई भेट्न पठाउनु बार्गेनिङ क्षमता बढाउन मात्र हो भन्ने उनीहरूको बुझाइ छ ।

पाँचदलीय गठबन्धनका कारण संघीय संसद्मा पहिलेभन्दा ४३ सीट गुमाएको एमाले नेताहरू अनौपचारिक संवादमा भने माओवादीसँगको गठबन्धनको संभावना नसकिएको बताउँछन् । 

“माओवादीसँग गठबन्धनको संभावना बाँकी छ । तिक्त सम्बन्धमा पनि सुधार भएको छ,” एमालेका अर्का एक पदाधिकारीले नाम नलेख्न आग्रह गर्दै भने, “यो केवल प्रधानमन्त्रीको मात्र कुरो छैन । आगामी पाँच वर्षका लागि राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, सातवटै प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्री हुने अवसरसँग जोडिएको छ । यो माओवादीका लागि पनि उत्तिकै महत्वपूर्ण छ ।”

निर्वाचनपछि माओवादी महासचिव गुरुङ बालकोट गएको मात्र होइन, एमालेका उपाध्यक्ष विष्णु पौडेल र युवा नेता महेश बस्नेत पनि खुमलटार गएर माओवादी अध्यक्ष प्रचण्डसँग भेट गरिसकेका छन् । प्रचण्डलाई पनि कांग्रेससँग मिलेर हानी भएको महसुस भएको छ । 

साविक नेकपा विभाजित भएर बनेका तीनै दलको जोड्दा संघीय संसद्मा ०७४ सालमा एमालेले हासिल गरेजतिभन्दा १ सिट कम छ । 

पाँच वर्षअघि एमालेले १२१ र माओवादी केन्द्रले ६४ सिट जितेका थिए । 

अहिले एमालेसँग ७८ सीट छ भने माओवादी केन्द्रको ३२ र नेकपा (एस) को १० सिट गरी जम्मा साविक नेकपाभित्रका तीन दलको जम्मा १२० सिट मात्र छ । 

बहुमत पुर्‍याउन पनि यी तीन दलबाहेकका दलको समेत समर्थन जरुरी छ ।  सातै प्रदेशसभाहरूमा पनि एमाले, माओवादी दुवै कमजोर भएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १६:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय