site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
टिपर चालकको क्रुरता : घाइतेलाई घिसारेर बालुवामा छाडे पछि मृत्यु, नक्कली चालकलाई तीन लाख
Sarbottam CementSarbottam Cement

काठमाडौं । गत मंसिर २५ गते राति साँझ ८ बजेको समय । काठमाडौंको तारकेश्वर नगरपालिकास्थित चिसापानी सडकखण्डमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भयो ।

नुवाकोटतर्फ जाँदै गरेको प्रदेश ३ बा ६१८९ नम्बरको मोटरसाइकलमा सवार २३ वर्षीय सविन फुँयालको मृत्यु भएको हो । प्रहरीले यो घटनालाई दुर्घटना नभई हत्या गरेको भन्दै अनुसन्धान अगाडि बढाएको छ । अनुसन्धान सुक्ष्म रुपमा अगाडि बढेको र तीनजना पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

सडक किनारमा रहेको वालुवामा घाइते अवस्थामा भेटिएका सविनलाई उनका साथीहरुले अस्पताल पुर्याएका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

सुरुमा घटना कसरी भयो भन्ने नै खुलेन । टिपरको पहिचान भएन । प्रहरी अनुसन्धानमा बा४ख ९५४३ नम्बरको टिपरले ठक्कर दिएको खुल्यो ।

त्यसपछि प्रहरीले टिपर चालक शिव बलामीलाई पक्राउ गर्यो । सुरुमा उनले अभियोग स्वीकार गरे । तर, प्रहरीलाई शंका लाग्यो । सोधपुछकै क्रममा शिवले आफूले टिपर नचलाएको बरु अभियोग स्वीकार गर्न गाडी मालिक विमल वलामीले तीन लाख ५० हजार दिएको बताए ।

Global Ime bank

उनको बयानपछि प्रहरी अनुसन्धान टोली गम्भीर बन्यो । दुर्घटनाको कारण र दुर्घटनापछिको अवस्थाको अध्ययनमा जुट्यो ।

गाडी मालिक पनि पक्राउ परे । २६ गते बालाजु क्षेत्रमा स्थानीयले दुर्घटना नभई हत्या गरिएको भन्दै प्रहरीविरुद्ध प्रर्दशन गरे । प्रर्दशनकारीले प्रहरीको मोटरसाइकल जलाए । सुरुवाती समयमा अनुसन्धानमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि खटिएको थियो ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार गाडी मालिक पक्राउ परेपछि प्रहरी घटनाको दिन चालक शिव नभएर शंकर बलामी रहेको खुलेको छ ।

“टिपरले ठक्कर दिएपछि सविन घाइते भए । तर, टिपर चालकले अस्पताल लैजानु र प्रहरीलाई खबर गर्नुको साटो घिसारेर वालुवाको थुप्रोमा लगेर भागेछन् । टिपर पनि लुकाएर राखेको अवस्थामा भेटियो,” ती अधिकारीले भने, “यो त दुर्घटना नभई हत्या नै हो । दुर्घटनापछि सविनलाई समयमै अस्पताल पुर्याउन सकिएको भए उनको ज्यान जोगिन पनि सक्थ्यो ।” शंकरलाई पनि प्रहरीले पक्राउ गरेको छ । 

साथीहरूसँग छुट्टिएका थिए सविन

आइतबार साँझ तारकेश्वर नगरपालिका–६ मा सविन आफ्ना चार साथीहरूसँग थिए  । उनीहरू सबैले एउटै खाजा पसलमा बसेर मादकपदार्थ सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

खानपानपछि तीन साथी एकै मोटरसाइकलमा चढेर निस्किएका थिए । सविन आफैँले मोटरसाइकल चलाएका थिए । तीनजना साथी अगाडि रहेको र सविन एक्लै हुँदा नआएपछि साथीहरूको समूह उनलाई खोज्न फर्किएको थियो । फर्कंदा तारकेश्वर–६ स्थित सडक किनारमा सविनलाई घाइते अवस्थामा देखेपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा लगेका थिए । सोही क्रममा उनको मृत्यु भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १२:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement