site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
डा. ध्रुवचन्द्र गौतम ‘आविष्कारी आख्यानकार’को उपाधिबाट सम्मानित
Sarbottam CementSarbottam Cement

काठमाडौं । चर्चित आख्यानकार डा. ध्रुवचन्द्र गौतमलाई उनको ८० औं जन्मोत्सवको अवसरमा ‘आविष्कारी आख्यानकार’को उपाधिबाट सम्मान गरिएको छ । 

आइतबार काठमाण्डौकोे कमलादीमा एक समारोह आयोजना गरी ‘श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिर’ तथा ‘बसन्त चौधरी फाउण्डेसन’ले उनलाई ‘आविष्कारी आख्यानकार’को उपाधिले सम्मान गरेको हो । 

समारोहमा डा. गौतमलाई साहित्यकला मन्दिरका संस्थापक अध्यक्ष बसन्त चौधरीले उपहार अर्पण गरेका थिए । यस्तै, साहित्य कला मन्दिरकी अध्यक्ष मेघा चौधरीले अभिनन्दन गरेकी थिइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सो अवसरमा ‘डा. ध्रुवचन्द्र गौतमः ‘आविष्कारी आख्यानका दशकहरु’को नामको पुस्तक समेत लोकार्पण गरिएको थियो  यो पुस्तकको सम्पादन डा. खुमनारायण पौडेलले गरेका हुन् । 

कार्यक्रममा वरिष्ठ रंगकर्मी हरिहर शर्माले सामूहिक हस्ताक्षरित बधाई डा. गौतमलाई अर्पण गरेका थिए । 

Global Ime bank

सो अवसरमा डा.गौतमको ८० औं जन्मोत्सव पनि मनाइएको थियो । उनलाई बसन्त चौधरीले माला तथा मेघा चौधरीले ढाका टोपी लगाई समारोहमा केक काटेर जन्मदिन मनाइएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै लुनकरणदास गंंगादेवी चौधरी साहित्यकला मन्दिरका संस्थापक अध्यक्ष बसन्त चौधरीले डा. गौतम साहित्यका नित नवीन र घतलाग्दा प्रयोगहरु गर्ने सर्जक रहेका बताए । “उहाँप्रति आविष्कारी आख्यानकार’को उपाधि अर्पण गर्न पाउनु हाम्रा लागि पनि जीवनकै ऐतिहासिक अवसर हो,” चौधरीले भने, “महान् कवि गोपालप्रसाद रिमालको कवितांश पैँचो लिएर भन्दा डा. गौतम ‘एक युगमा एकदिन एकचोटि जन्मिने’ प्रतिभा हुनहुन्छ ।”

डा. गौतमका हरेक कृतिले साहित्यमा उज्याला प्रकाशहरु छरेर समग्र नेपाली साहित्यलाई नै प्रज्वलित तुल्याएको चौधरीको भनाई थियो । 

आफूलाई डा. गौतमको सान्निध्य प्राप्त भएको र आफूहरुबीचको सम्बन्धको लामो कालखण्ड व्यतीत भएको सो अवसरमा चौधरीले बताए । “उहाँसँगको साक्षात्कारले मलाई एउटा असीम सम्भावनायुक्त लेखकसँग मात्र होइन, एउटा सहृदयी व्यक्तिसँग भेटेको पनि अनुभूति हुन्छ । उहाँ यस उमेरमा पनि सिर्जनामा उत्तिकै सक्रिय हुनुहुन्छ,” कवि तथा गीतकार समेत रहेका चौधरीले भने, “यही प्रेरणाले मलाई पनि लेख्न उर्जा मिल्छ ।”

हालसम्म ३२ वटा त उपन्यास मात्र लेखिसकेका डा. गौतम नेपाली आख्यान जगतका कीर्तिमानी सर्जक समेत रहेका चौधरीको दाबी छ । डा. गौतमले सबै विधामा गरी हालसम्म ५३ वटा कृति जन्माइसकेका छन् ।

चौधरीले नेपाली साहित्यमा प्रयोगवादी आख्यान र अन्य कृतिहरु डा. गौतमकै तपस्याबाट वरदान पाएर जन्मिएका समेत दाबी गरे । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  ०९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement