
काठमाडौं । दायित्व वाङ्मय प्रतिष्ठानले २०८२ सालका लागि विभिन्न सम्मान तथा पुरस्कारको घोषणा गरेको छ ।
दायित्वले जनाएअनुसार ‘दायित्व वाङ्मय विशिष्ट सम्मान’ कवि रमेश खकुरेल र समालोचक प्रा.डा. गार्गी शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै ‘दायित्व वाङ्मय सम्मान’ साहित्यकारद्वय मधुसूदनप्रसाद घिमिरे र जीवनपानीलाई प्रदान गर्ने भएको छ ।
त्यसैगरी ‘दायित्व मुरलीदेवी–गुरुदत्त काफ्ले स्मृति पुरस्कार’ नगद राशि २० हजार रुपैयाँसहित साहित्यकार हरि मञ्जुश्रीलाई, ‘दायित्व सीता पन्त स्रष्टा पुरस्कार’ नगद राशि १५ हजारसहित रीता न्यौपाने पहारीलाई र ‘हरिकला–गुणाकर दायित्व रचना पुरस्कार’ नगद राशि १५ हजारसहित सरिता अर्याललाई प्रदान गरिने निर्णय गरिएको दायित्वले जनाएको छ ।
घोषित सम्मान तथा पुरस्कारहरू प्रतिष्ठानले यही जेठ १० गते प्रदान गर्ने पनि जानकारी गराएको छ ।