site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लुम्बिनीमा दलको नेता बन्न दौडधुप : मुख्यमन्त्रीको आशा 
Sarbottam CementSarbottam Cement

बुटवल । लुम्बिनी प्रदेशमा संसदीय दलको नेता बन्नका लागि नेताहरूले आन्तरिक तयारी थालेका छन् । निर्वाचनको नतिजा आइसकेपछि ठूला दलका प्रदेशसभा सदस्यहरू मुख्यमन्त्रीको आसमा दलको नेता बन्न तम्सिएका हुन् । संसदीय दलको नेता बने मुख्यमन्त्री बन्ने सम्भावना हुने भएकाले उनीहरूको दौडधुप सुरु भएको हो ।

लुम्बिनीमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का दलका नेता मुख्यमन्त्री पदको बलिया दाबेदार हुनेछन् । सोही कारण दलको नेता बन्न आकांक्षीहरूले आफ्ना पार्टीका केन्द्रीय नेताहरूसँग ‘लबिङ’ गरिरहेका छन् ।

कतिपय नेताले पार्टीभित्र ‘वरिष्ठ’ भएकाले दलको नेता बन्ने जिकिर गरेका छन् । केहीले संसदीय अनुभव र मन्त्री भएका आधारमा भावी मुख्यमन्त्रीको आकांक्षा राखेका छन् । केही प्रदेशसभा सदस्यले काठमाडौंमै पुगेर केन्द्रीय नेताहरूसँग भेटघाट समेत गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

अहिलेकै सत्ता गठबन्धन कायम रहेमा कांग्रेसले मुख्यमन्त्री पाउन सक्ने सम्भावना धेरै छ । कांग्रेसमा लुम्बिनी प्रदेशसभा सदस्यमा विजयी भएका मध्ये अब्दुल रज्जाक, डिल्ली चौधरी, वीरबहादुर राना र राजु खनालले संसदीय दलको नेताका लागि दौडधुप गरिरहेका छन् ।

अहिले रुपन्देही क्षेत्र नम्बर–१ ‘ख’बाट प्रदेश सांसद बनेका रज्जाक ०७० सालमा संविधानसभा सदस्य र केही समय राज्यमन्त्री समेत भएका थिए । सुरुदेखि नै सभापति शेरबहादर देउवा समूहका उनी केन्द्रीय सदस्य समेत हुन् । प्रदेशसभा सदस्यमध्ये पार्टी वरीयतामा माथि रहेकाले दलको नेतामा उनको चर्चा हुँदै आएको छ ।

Global Ime bank

दाङ–३ ‘क’बाट निर्वाचित चौधरी र दाङ–२ ‘ख’बाट विजयी खनाल पनि संसदीय दलको नेता बन्नका लागि दौडधुपमा छन् । चौधरी ०७० मा संविधानसभा सदस्यका साथै राज्यमन्त्री भएका थिए । उनी ०७४ सालमा पनि सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित भएका थिए । अहिले सहरी विकास तथा पर्यटनमन्त्रीको जिम्मेवारीमा छन् । देउवासँग निकट चौधरी मुख्यमन्त्रीका आकांक्षी हुन् ।

खनाल हाल कांग्रेसको लुम्बिनी प्रदेश उपसभापति हुन् । उनीसँग संविधानसभा सदस्यका रूपमा समेत काम गरेको अनुभव छ । उनले आफ्नो दाबी स्वाभाविक रहेको बताएका छन् ।

लुम्बिनीमा कांग्रेसका २७ प्रदेश सांसद छन् । तीमध्ये १७ प्रत्यक्ष र १० समानुपातिकतर्फका हुन् ।

लुम्बिनीको सबैभन्दा ठूलो दल एमालेभित्र पनि संसदीय दलको नेता बन्नका लागि दौडधुप बढेको छ । रुपन्देही–२ ‘क’बाट प्रदेश सांसद निर्वाचित लीला गिरी त्यसमध्ये अग्रपंक्तिमा देखिएका छन् ।

यस्तै, रुपन्देही–२ ‘ख’बाट निर्वाचित भोजप्रसाद श्रेष्ठ, यसअघि प्रदेशसभामा प्रमुख सचेतक रहेका रुपन्देही–५ ‘क’बाट निर्वाचित भूमिश्वर ढकाल पनि संसदीय दलको नेताका लागि लबिङमा लागेका छन् ।

एमाले पोलिटब्युरो सदस्य समेत रहेका गिरीले आफू वरिष्ठ भएकाले संसदीय दलको नेतामा स्वाभाविक दाबी भएको बताएका छन् । उनी यसअघि प्रदेशको मन्त्री समेत भएका थिए ।

प्रदेशका अर्का पूर्वमन्त्री एवं एमाले प्रदेश उपाध्यक्ष श्रेष्ठले पनि दलको नेतामा आफ्नो दाबी रहेको बताए । पार्टीको आवश्यकता र कामको मूल्यांकनको हिसाबले आफूले संसदीय दलको जिम्मेवारी पाउनुपर्ने उनको जिकिर छ ।

यसअघिका प्रमुख सचेतक ढकाल पनि संसदीय दलको दौडधुपमा छन् ।

प्रत्यक्ष र समानुपातिकतर्फ गरी २९ सिट जितेर लुम्बिनी प्रदेशसभामा एमाले पहिलो दल बनेको छ ।

माओवादी केन्द्रमा भने जोगबहादुर महरा संसदीय दलको नेता बन्ने निश्चितजस्तै छ । रोल्पा ‘क’बाट निर्वाचित उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयमा समेत बसेर काम गरेका नेता हुन् । मुख्यमन्त्री बन्ने लक्ष्यसहित गुल्मीबाट चुनाव लडेका माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल पराजित भएपछि संसदीय दलको नेताका लागि महरा निर्विकल्पजस्तै देखिन्छ ।

लुम्बिनीमा माओवादी केन्द्रका महरासहित पाँचजनाले प्रत्यक्ष निर्वाचन जितेका छन् । समानुपातिकबाट चारजना आएका छन् ।

लुम्बिनीमा अहिलेकै सत्ता गठबन्धनको सरकार बनेमा कांग्रेस र माओवादी केन्द्रबीच कसले नेतृत्व गर्ने भन्ने रस्साकस्सी चल्नेछ । यहाँ साना दलका नेताहरू भने संसदीय दलको नेताभन्दा पनि कुन दललाई समर्थन गर्दा सत्तामा जान सकिन्छ भन्नेमा केन्द्रित देखिन्छन् । अघिल्लोपटक पाँच दल रहेकोे लुम्बिनी प्रदेशसभामा अहिले १० दल छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  ०९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC