
काठमाडौं । तारा एयरको एउटा कार्गो जहाज हुम्लामा चिलसँग ठोक्किएको छ ।
नेपालगञ्जबाट हुम्ला जाँदै गरेको जहाज बुधबार दिउँसो १२ बजेर ४५ मिनेटमा चिलसँग ठोक्किएको थियो । विमानस्थल पुग्नै लाग्दा ठोक्किएको तारा एयरले जनाएको छ ।
उक्त जहाजमा दुई पाइलट र एकजना एयर होस्टेस रहेको बताइएको छ । उडिरहेको जहाजमा चिल ठोक्किएको जनाएको छ ।
हुम्ला प्रहरीका अनुसार जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ । मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
बिहान ११:३७ मा नेपालगन्जबाट हुम्लाको लागि खाद्यान्न बोकेर उडेको तारा एअरको ९एन-एकेल (9N-AKL) ट्विनअटर वायुयान हुम्ला विमानस्थलमा अवतरणको तयारीको क्रममा चरासँग ठोक्किएको तारा एयरले जनाएको छ ।
वायुयान चालकको कुसलताले सिमिकोट, हुम्ला विमानस्थलमा करिब १२:३० बजे सकुशल अवतरण गरेको जनाइएको छ ।
चिल ठोक्किएको वायुयानको अग्रभाग (नोज) मा क्षति पुगेको छ । वायुयानमा कार्गो मात्र रहेको र चालक दलका सबै सदस्य सकुशल रहेको जनाइएको छ ।