site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बाक्लियो प्रचण्डको दौडधुप
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दौडधुप बाक्लिएको छ । गोरखा क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएसँगै उनको व्यस्तता पुनः बढेको हो ।

गएको बिहीबार डिल्लीबजार कारागार पुगेर उनले रेशम चौधरीसँग संवाद गरेका थिए । सुदूरपश्चिम प्रदेशमा चौधरीकी श्रीमती एवं नवनिर्वाचित सांसद रञ्जिता श्रेष्ठले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टीको उदय भएसँगै प्रचण्डले रेशमलाई भेटेको स्रोत बताउँछ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, बर्दिया क्षेत्र नम्बर–२ बाट स्वतन्त्र उमेदवार बन्दै चौधरीका पिता लालवीर चौधरीले निर्वाचन जितेपछि सम्भावित सत्ता समीकरणका लागि प्रचण्डले रेशमबाट साथ खोजेको देखिन्छ ।

प्रचण्डले शुक्रबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग फोन संवाद गरेका थिए । ओलीले प्रचण्डलाई फोन गरेका हुन् । त्यसक्रममा ओलीले मिलेर अघि बढ्न सकिने प्रस्ताव राखेको प्रचण्डनिकट स्रोतको भनाइ छ ।

Global Ime bank

शनिबार प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डबीच छलफल भएको थियो । आज बिहान पनि सत्ता गठबन्धनमा आबद्ध यी दुई दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । सोमबार बिहान साढे ९ देखि ११ बजेसम्म छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

त्यसक्रममा चुनावी समीक्षा र अबको सरकार गठनको विषय प्राथमिकतामा परेको स्रोतको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  ११:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !