site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देश हाँक्ने नयाँ चालक कांग्रेसले मात्रै दिनसक्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं ४ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले संसदीय दलको निर्वाचनको तयारी थाल्ने बताएका छन् । 

मंगलबार काठमाडौं क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएसँगै उपस्थित भएका मतदाताहरुलाई सम्बोधन गर्दै उनले संसदीय दलको नेताका लागि निर्वाचनको तयारीमा जुट्ने बताए । 

थापाले मतदाताले देश हाँक्ने नयाँ नेतृत्व खोजेको भन्दै मतदाताले व्यक्त गरेको मनको कुरालाई मनन् गर्न निर्वाचित हुनुहुने प्रतिनिधिसभाका सदस्यहरुलाई आग्रह गरे । 

“अब नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनको तयारीमा आजैबाट म जुट्छु । र यसमा तमाम साथीहरुको सबैको स्नेह, माया, यसै गरीकन मसँग रहन्छ,” थापाले भने, “... कांग्रेसको तर्फबाट देशलाई हाँक्नको निम्ति नयाँ नेतृत्वको खोजी भएको कुरालाईसमेत मनन् गर्दै सबै साथीहरु नयाँ जोशका साथमा र नयाँ चिन्तनका साथमा संसद्भित्र आउनुहुन्छ भन्ने विश्वास व्यक्त गर्छु ।”

थापाले जनताले स्थिर सरकारका साथसाथै देश हाँक्ने नयाँ चालक पनि खोजेको बताए । देश हाँक्ने नयाँ चालक आफ्नो पार्टीले मात्रै दिनसक्ने बताउँदै उनले त्यसको लागि पार्टीभित्र छलफल सुरु भइसकेको भने । 

“हाम्रो अगाडि ठूलो चुनौती छ । यो चुनौतीको सामना गर्नका लागि देशभरको निर्वाचनको प्रारम्भिक संकेतबाट पनि हामी यतिकुरा भन्न सक्छौँ– नेपालमा नेपाली जनताले स्थिर सरकार मात्र खोजेको होइन, अब नेपाललाई हाँक्ने नयाँ चालक पनि यो अहिलेको निर्वाचनले खोजेको छ,” थापाले  भने, “र, यो नयाँ चालक पनि आजको दिनमा नेपाललाई कसैले दिनसक्छ भने त्यो हाम्रो पार्टी नेपाली कांग्रेसले नै दिन सक्दछ ।”

यस निर्वाचनबाट सत्तारुढ गठबन्धनले बहुमत प्राप्त गर्ने र गठबन्धनकै सरकार बन्ने विश्वास व्यक्त गर्दै थापाले नयाँ सरकारले आम जनतालाई दिनप्रतिदिन राम्रो भइरहेको छ भन्ने कुराको विश्वास दिलाउन सक्नुपर्ने बताए । 

“मतदाताले मत पनि व्यक्त गरिरहेका छन् । तर मतदाताहरुले सँगसँगै आक्रोश पनि व्यक्त गरिरहेका छन् । नेपालमा निर्वाचन भयो । संवैधानिक प्रक्रिया अवरुद्ध हुने कुरा रोकियो । आम मानिसहरु खुशी छन्,” थापाले भने, “तर, संविधानमा हामीले गरेका वाचाहरु पूरा हुन सकेको छैन । त्यसमा उनीहरु निराश छन् । आक्रोशित छन् ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १४:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro