site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रुपन्देहीका पाँच निर्वाचन क्षेत्र घुम्दा यस्तो देखियो
Sarbottam CementSarbottam Cement

बुटवल । मंसिर ४- प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको दिन । पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीका सबै क्षेत्रका केही निर्वाचन स्थल पुग्दा केही नाैला र राेचन दृष्यहरू देखिए । 

aa (11)1668956057.jpg

रुपन्देहीका सबैजसो निर्वाचन क्षेत्रका मतदान केन्द्रहरूमा अघिल्ला निर्वाचनमा जस्तो उत्साह र जाँगर देखिएन ।  आफ्नो मतको सदुपयोग गर्न केही व्यक्तिहरू कष्टकर तरिकाले आएको पाइएपनि रुपन्देहीमा जम्मा ६७ प्रतिशत मात्रै मत खसेको छ । सहरी क्षेत्र रहेको रुपन्देही बाहेकका अन्य क्षेत्रमा मतदाताहरू दुखसुख मतदानस्थल पुगेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

aa (13)1668956054.jpg

क्षेत्र नम्बर १ मा पर्ने देवदह १२ को प्रगति माविमा रहेको मतदान स्थलमा पुग्दा सुनसान थियाे । यहाँ अघिल्लो निर्वाचनमा विवाद भएकोले देवदह वडा नम्बर ११ का मतदाताले यहाँ मतदान गरेका थिए । 

Global Ime bank

aa (7)1668956064.jpg

मधेसी मुलका बाहुल्य रहेकाे क्षेत्र भएकोले मेलाकै रूपमा निर्वाचनलाई लिने गरेको पाइयो । त्यहाँ खाजाका स्टल तथा ठेलाहरूमा निकै चहलपहल थियो।

 

लगत्तै क्षेत्र नम्बर १ कै राम नरेश यादव आदर्श उमाविमा रहेको मतदान केन्द्रमा पुग्दा अघिल्लो स्थानको तुलनामा केही बढी चहलपहल देखिएको थियो । यहाँ मतदाता आउने र जाने क्रम रहेकोले धेरै संख्यामा मतदाता देख्न भने पाइएन ।

aa (2)1668956068.jpg

 

क्षेत्र नम्बर २ अन्तर्गत सडक भिडिजनभित्र रहेको मतदान केन्द्रमा चार उमेदवारले मतदान गरेपनि खासै चहलपहल देखिएको थिएन । मतदान केन्द्रको प्रवेशद्वारमा केही नेता कार्यकर्ताहरू देखिएपनि जनताहरूमा उत्साह देखिएन । 

aa (1)1668956070.jpg

क्षेत्र नम्बर ३ को लिलाराम माविमा पनि उत्साह देखिएन । यद्यपि, त्यहाँ नयाँदलप्रति मतदाताकाे आकर्षण देखियाे । 

क्षेत्र नम्बर ४ को मर्चवारीको मर्चवार आदर्श माविमा पुग्दा प्रतिनिधिसभा सदस्य उमेदवार प्रमोद यादव त्यही थिए ।भिडभाड रहेको त्यहाँकाे वातावरण भने उत्साहजनक देखिन्थ्याे ।

aa (14)1668956054.jpgत्यहाँ अपांग श्रीमतीलाई साईकलमा डोर्याएर ल्याएको दृष्य पनि देख्न सकिन्थ्यो । मुस्लीम समुदायका महिलाहरू बुर्खा लगाएर पुगेका थिए। बुढापाकाहरू निर्वाचन पछिका मतपरिणामको आँकलनको बारेमा छलफलहरू सुन्न सकिन्थ्यो।

क्षेत्र नम्बर ५ को पर्सा मतदान केन्द्रमा पुग्दा दृष्य फरक थियो । त्यहाँ शान्त रूपमा मतदान भइरहेको थियो । करिब ३ बजेतिर त्यहाँ पुग्दा मुस्लिम समुदायका महिला बुर्का लगाएर र अन्य समुदायका व्यक्तिहरू मिलेर लाइनमा बसेको देख्न सकिन्थ्यो । यसका साथै दृष्टिविहीन, अपांग तथा बृद्धबृद्धाहरू भने सहयोगीका साथमा पुगेका थिए ।

aa (9)1668956060.jpgसबै क्षेत्रका मतदाताहरूका भनाइ सुन्दा पुराना उमेदवारहरू र पुरानै एजेन्डा बोकेका नेताहरूलाई मतदान गर्दा वाक्क भएको प्रतिक्रिया दिइरहेका थिए । उनीहरूले आफ्ना समस्यालाई चुनावी नाराको रूपमा मात्रै प्रयोग गर्ने र विजयी भएपनि वास्ता नगर्ने परम्परा देखिएको बताएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  २०:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC