site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
होटेलको व्यापारमा रौनक : घाटामा रहेका नाफामा जान थाले 
तस्बिर : होटेल सोल्टीको वेबसाइटबाट ।

काठमाडौं । कोभिड–१९ का कारण सुस्ताएको होटेल व्यवसाय पुरानो अवस्थामा फर्कन थालेको छ ।

नेपाल स्टक एन्सचेन्ज (नेप्से)मा तीन पाँचतारे होटेल सूचीकृत छन् । ओरियन्टल होटेल्स लिमिटेड (र्‍याडिसन), तारागाउँ रिजेन्सी होटेल्स (हायात) र सोल्टी होटेल्स लिमिटेड नेप्सेमा सूचीकृत छन् । ती होटेलले प्रकाशित गरेको पहिलो त्रैमासको वित्तीय विवरणमा व्यापार बढेको देखिएको छ ।

र्‍याडिसनको वित्तीय विवरणानुसार सो होटेलले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ करोड ६९ लाख ८४ हजार ६१८ रुपैयाँको व्यापार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा होटलले तीन करोेड ६५ लाख तीन हजार ६४० रुपैयाँको व्यापार गरेको थियो ।

हायात होटेलको व्यापार पनि गत वर्षको भन्दा सुध्रिएको छ । हायातले गत आर्थिक वर्षको पहिलो त्रैमासमा पाँच करोड ३५ लाख ११ हजार ३१६ को व्यापार गरेको थियो । यो अवधिमा अहिले १८ करोड १५ लाख ५१ हजार ७२९ रुपैयाँको व्यापार गरेको देखिएको छ ।

यस्तै, नेप्सेमा सूचीकृत अर्काे सोल्टी होटेलको व्यापारमा समेत उल्लेख्य सुधार देखिएको छ । यो होटेलले अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोडको व्यापार गरेकोको थियो । चालु आर्थिक वर्षमा ४१ करोडको व्यापार गरिसकेको छ ।

unnamed1668672071.png

पाँचतारे होटेलमा विभन्न एनजीओ, आईएनजीओले सभा, सेमिनार समेत गर्ने भएकाले व्यापार बढेको होटेल एसोसिएसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाह बताउँछन् ।

“विभिन्न एनजीओ, आईएनजीओ पदाधिकारी बस्ने पाँचतारे होटेलमा हो । अन्य संस्थाहरूको पनि सभा, सम्मेलन, व्यक्तिगत विवाह, व्रतबन्ध, बैठकहरू पनि ठूला होटेलमा हुन्छ । त्यसले व्यापार राम्रो भएको हो,” उनले भने ।

अहिले होटेलको व्यापारमा रौनक छाएको शाहले बताए । विदेशी पर्यटक पनि विस्तारै नेपाल आउन थालेपछि व्यापार सुध्रिएको उनको भनाइ छ ।

कुन होटेलको नाफा कति ?
र्‍याडिसन होटेलले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ११ लाख ९६ हजार १८५ रुपैयाँ नाफा गरेको छ । र्‍याडिसन गत वर्ष पहिलो त्रैमासमा पाँच करोड ६३ लाख घाटामा थियो । यो वर्ष सोही अवधिमा र्‍याडिसनको नाफा दोब्बरले बढेको छ ।

यस्तै, हायात होटेलले पनि पहिलो त्रैमासमा दुई करोड ४६ लाख ७१ हजार ७०७ रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा चार करोड ५५ लाख ४१ हजार २३९ रुपैयाँ घाटामा थियो ।

सोल्टी होटेलले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड २० लाख ६ हजार ४४५ रुपैयाँ नाफा गरेको छ । सोही अवधिमा गत वर्ष दुई करोड ११ लाख ६६ हजार २३६ रुपैयाँमा घाटामा थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro