site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घनश्याम भुसाललाई पछ्याउँदा...
SkywellSkywell

बुटवल । नेकपा (एमाले) परित्याग गरी स्वतन्त्ररुपमा रुपन्देही १ बाट प्रतिनिधिसभा सदस्य पदका उमेदवार रहेका घनश्याम भुसाल बाह्रखरीले अनुमोदन गरेका २५ उमदेवारको सूचीमा परेका छन् ।

उनै भुसालले बाह्रखरीको अनुमोदनलाई आफ्नो क्षेत्रका जनताले पनि अनुमोदन गर्ने दाबी गरेका छन् । 

बाह्रखरीले उमेदवार अनुमोदनमा आफ्नो नामसमेत समावेश गरेकोमा धन्यवाद दिँदै उनले आफ्नो क्षेत्रको जनताले पनि अनुमोदन गरेर सांसदको रुपमा प्रतिनिधिसभा पठाउने बताए । 

KFC Island Ad
NIC Asia

उनी भन्छन्, “बाह्रखरीको टिमले के आधारमा अनुमोदन गर्नुभयो, त्यो त मलाई केही थाहा छैन् । अनुमोदन गरेकोमा खुसी पनि छु । बाह्रखरीको अनुमोदनलाई यो क्षेत्रका मतदाताले पनि अनुमोदन गर्छन् ।”

करिब १ घण्टा पछ्याउँदा

Royal Enfield Island Ad

रुपन्देही क्षेत्र नम्बर १ अन्तरगतको तिलोत्तमा वडा नम्बर ११ का विभिन्न स्थानमा घरदैलो तथा कोणसभाका कार्यक्रममा बाह्रखरीकर्मीले करिब १ घण्टा पछ्याउँदा विभिन्न घटनाहरु देखिए । 

घरदैलोमा पुग्न भ्याइनभ्याईमा रहेका भुसाल आफ्नो गाडीमा कार्यकर्तासँग बसेरै मत मागिरहेका थिए । केही स्थानमा कोणसभामा समेत सहभागी भए । 

ghanshyam (2)1668656096.jpg

सबैभन्दा अगाडि दुईपांग्रे सवारी, त्यसपछि उमेदवार भुसाल, भुसालको गाडी पछाडि एउटा गाडीमा स्पीकर र त्यसको पछाडि एउटा गाडीमा झण्डा । 

यो भुसालको चुनावी र्यालीको दृष्य थियो । तिलोत्तमा ११ को रामनगर, मृगौली, पिपलडाँडा, भूपूसैनिकलगायतका क्षेत्रमा पुगेका भुसालले आफूसँग तीनवटा गाडीहरु र ११ वटा मोटरसाइकल तथा तीन स्कुटर लिएर हिँडेका थिए । स्पीकरमा भुसालको चुनाव चिह्न त्रिभुज भन्दै प्रचार प्रसारसमेत भइरहेको थियो । 

यसअघि, एमालेका नेताका रुपमा रहेका भुसाल योपटक स्वतन्त्र उमेदवार भएकोले निर्वाचन चिह्न चिनाउनको लागि र्याली ल्याएको उनका कार्यकर्ता बताउँछन् । 

ghanshyam (5)1668656100.jpg

उनकै र्यालीमा हिँडेका एक कार्यकर्ताले भने, “एमालेहरुको भर छैन, एमालेको घनश्याम भुसाल हो, सूर्यमा भोट हाले उसलाई हालिन्छ भन्दै गलत प्रचार गर्न सक्छन् । त्यसैले उमेदवार र चुनाव चिह्न चिनाउन र्यालीसहितको कार्यक्रम गरिरहेका छौँ ।”

यता उमेदवार भुसाल भने पछिल्लो समय चुनाव चिह्नमा कुनै समस्या नरहेको प्रतिक्रिया दिन्छन् । 

बाह्रखरीसँग प्रतिक्रिया दिँदै उनले पहिले केही समस्या भए पनि यसको समाधान सबै पक्षबाट भएको उल्लेख गर्दै मतदाता शिक्षालाई प्रभावकारी तरिकाले परिचालन गरिएको बताए ।

ghanshyam (8)1668656106.jpg

“हाम्रो प्रचार प्रसारका क्रममा पहिले धेरै समस्या थियो । तर, यो समस्या समाधानका लागि धेरै कामहरु गरेका छौँ । अहिले खासै समस्या छैन । मतदाताको हामीप्रति शुभेच्छाले गर्दा पनि सहजता देखेका छौँ,” उनले भने, “गठबन्धनले समर्थन गरेको उमेदवार भनेपछि यसै पनि गठबन्धनको संयन्त्रले यसको प्रसार गरिरहेको छ । म आफँैले यहाँका धेरै मतादाता तथा बासिन्दाहरुलाई चिनेको छु । यहाँ भएका सबैजसो मतदाताले मलाई चिन्नुभएकोले पनि निकै सहज हुनेछ । साथै, हामीले आफ्नो तर्फबाट मतदाता शिक्षासमेत सञ्चालन गर्दै आएका छौँ ।”

के भन्छन् मतदाता ?

विभिन्न क्षेत्रमा दौडधूप गरिरहेका भुसाललाई मतदाताले गरेर गएका वाचा पूरा गर्न आग्रह गरिरहेका छन् ।

अघिल्लोपटक निर्वाचितले आफ्ना समस्या समाधान नगरिदिएको बताउँदै भुसालबाट धेरै अपेक्षा गरेको बताउने गरेका छन् ।

ghanshyam (9)1668656107.jpg
 
सुकुम्बासी क्षेत्रमा रहेका मतदाताहरुले पुर्जाको व्यवस्थापन गर्न माग गरेका छन् । तिलोत्तमा ११ मा रहेको भूपूसैनिक क्षेत्रकी ७२ वर्षीया बेलमाया गुरुङले अघिल्लोपटक पुर्जाकै लागि भनेर सूर्यमा भोट हाले पनि पुर्जा नपाएको दुखेसो गर्दै ठूलो अपेक्षासहित भुसाललाई मतदान गर्ने प्रतिक्रिया दिइन् ।

“अर्कोपटकको चुनावसम्म त बाच्न के गर्छु, पुर्जा पाए स्वर्ग जाने थिएँ,” भुसाललाई घरदैलोबाट बिदाइपछि यी शब्दहरु उनले सुनाउँदा आँखामा आँशु टिल्पिलाएका थिए । परिवार नै धेरै पहिलेदेखि यही क्षेत्रमा बस्दै आए पनि पुर्जा नपाएको उनको गुनासो थियो ।
 ghanshyam (11)1668656108.jpg
सोही क्षेत्रकै ४६ वर्षीया झनु श्रेष्ठ भने योपटक पुराना दललाई मत नदिने बताउँछिन् । केही नयाँ दल र व्यक्तिहरु चुनावी मैदानमा रहेको बताउँदै उनले यसपटक आफ्नो मत फेर्ने बताइन् । पाँचजनाको परिवारमा सबै मतदाता भएको उनले बताइन् । 

अहिलेसम्म जसलाई भोट दिए पनि आफ्नो पुर्जाको समस्या समाधान नभएको श्रेष्ठको गुनासो छ । 

साँझ ५ बज्नैलाग्दा घर नजिकै भुसालको कोणसभा सुन्नको लागि हतारोमा बाहिर निस्किएकी उनले भुसालतर्फ संकेत गर्दै भनिन्, “राम्रो मान्छे आउनुभएको छ । उहाँले हाम्रो समस्या सुन्नुहुन्छ । पहिले पहिले पनि यतातिर आइरहनु हुन्थ्यो ।”

ghanshyam (12)1668656109.jpg

एमाले पृष्ठभूमिकै तीनजना प्रतिस्पर्धामा

यहाँ पहिले एउटै पार्टी कमिटीमा रहेका तीनजना उमेदवारहरु मैदानमा छन् । 

एमाले सचिव छविलाल विश्वकर्मासँग यस क्षेत्रमा एमाले छाडेका भुसालमात्रै होइनन्, एमाले नगर अध्यक्ष टिकाराम चापागाईं पनि प्रतिनिधिसभा सदस्य प्रत्यक्ष प्रतिस्पर्धी हुन् । 

अन्य केही स्वतन्त्र तथा हाम्रो नेपाली पार्टी (लौरो अभियान)बाट पनि उमेदवार छन् । तर, मुख्य प्रतिस्पर्धा भने पूर्वएमाले भुसाल र एमालेका विश्वकर्माबीच हुने देखिएको छ ।

ghanshyam (17)1668656111.jpg

भुसाल रुपन्देहीको तिलोत्तमा निवासी हुन् भने विश्वकर्मा बुटवल उपमहानगरपालिका निवासी हुन् । 

२०७४ को निर्वाचनमा भुसाल क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित हुँदा विश्वकर्मा क्षेत्र नम्बर एकबाट निर्वाचित भएका थिए । 

त्यतिबेला वाम गठबन्धन भएकाले उनीहरुले सहज जित निकालेका थिए । 

२०३८ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका भुसाल पूर्वकृषिमन्त्री हुन् । विश्वकर्मा खेलाडी जीवनबाट २०४६ पछि एमालेमा लागेका नेता हुन् । उनी पनि पूर्वकृषिमन्त्री हुन् । विश्वकर्मा एमाले राजनीतिमा आएपछि भुसाल र उनको सम्बन्ध राम्रो छ ।

२०५३ मा एमालेका तत्कालीन सांसद धनपति उपाध्यायको निधनपछि भएको उपनिर्वाचनमा भुसाल भैरहवा क्षेत्रबाट निर्वाचित भएका थिए । 

भुसाल विश्वकर्माभन्दा एक दशक पहिलादेखि नै राजनीतिमा सक्रिय नेता हुन् ।  भुसालले विभिन्न आन्दोलनमा होमिँदै गर्दा पटक–पटक गरी दुई वर्ष पाँच महिना कष्टकर जेल जीवन बिताएका छन् । 

ghanshyam (18)1668656112.jpg

विश्वकर्माले जेल जीवनभने बिताउन परेन ।  विश्वकर्मा २०७४ को निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर एकबाट विजयी भएका थिए । 

०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादीले जितेको यो क्षेत्रमा ०७० मा विश्वकर्मा पराजित भएका थिए । 
वाम गठबन्धनबाट ०७४ मा सहज जित निकालेका विश्वकर्मालाई यसपटक भने भुसाल चुनौती बन्ने देखिन्छ । 

२०७४ मा राप्रपाका नेता दीपक बोहरा र तत्कालीन एमाले नेता भुसालबीच क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा भएको थियो ।

भुसाल बाम गठबन्धनका साझा उमेदवार थिए भने बोहरालाई नेपाली कांग्रेसको समर्थन थियो । 

तर, भुसालले फराकिलो मतान्तरले बोहरालाई पराजित गरेका थिए । भुसालले ३२ हजार ८६६ मत ल्याउँदा बोहराले २७ हजार ४२२ मत पाएका थिए ।

ghanshyam (19)1668656112.jpg

०७४ को निर्वाचनमा नै क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गर्न चाहेका भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण टिकट पाएनन् र ३ बाट उठे । 

अहिले पार्टी परित्याग गरेपछि १ बाट उमेदवार भएका छन् । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीगतरुपमा वडाध्यक्षहरुले पाएको मतलाई आधार मान्दा यो क्षेत्रमा कांग्रेस बलियो छ । 

तर, अहिले सत्ता गठबन्धन र विपक्षी गठबन्धनबीच प्रतिस्पर्धा हुँदै छ । स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतका आधारमा कांग्रेसको ३२ हजार ९९९, एमालेको ३० हजार ३९४, राप्रपाको १४ हजार ५५२, जसपाको ६ हजार ६९५, माओवादीको ४ हजार २०२, नेकपा (एस)को १ हजार २४३ र लोसपाको ३२५ मत छ । दुई गठबन्धनको मत छुट्टाछुट्टै जोड्दा क्षेत्रमा विश्वकर्मा बलिया देखिन्छन् ।

स्थानीय तहको मतका आधारमा विश्वकर्मा बलिया देखिए पनि भुसालले पार्टी परित्याग गरेका कारण करिब पाँच हजार मत प्रभावित भएको बताइन्छ ।

लामो समय रुपन्देही र त्यसमा पनि क्षेत्र नम्बर १ लाई प्राथमिकता दिएर एमालेमा राजनीति गरेका भुसालले एमालेको मत तान्ने अनुमान गर्न सकिन्छ । 

भुसालका यसअघि संसदीय सम्पर्क कार्यालयका प्रमुख रही काम गरेका उनका सहयोगी मनोजकुमार रिजालले एमालेको ८–१० हजार मत प्रभावित हुने बताए । 

“घनश्याम भनेको राजनीतिक इमान, वामपन्थी नीति र एउटा ब्रान्ड नै हो,” रिजालले भने, “उहाँले एमाले छाड्दाबित्तिकै धेरै मत प्रभावित हुने भएकाले सहजै जित निकाल्नुहुन्छ भन्ने हाम्रो विश्वास छ ।”

भुसाल उमेदवार भएपछि धेरै एमालेका जिल्लास्तर र स्थानीयस्तरका नेता–कार्यकर्ताले भित्रभित्रै स्वस्फूर्त रुपमा भुसालको प्रचारप्रसार गरिरहेका छन् । 

ghanshyam (16)1668656111.jpg

जसले गर्दा पनि भुसालको जितमा कुनै अप्ठ्यारो नहुने रिजालको तर्क छ । “राजनीतिक हाइट, लगाव, इमान्दारिता सबैमा उच्चतहमा उहाँ (भुसाल) हुनुहुन्छ,” रिजालले भने, “यसले पनि जितको बाटो सहज गराएको छ ।”
  
गठबन्धनको साथ, एमालेको मत र भुसालको राजीतिक छवि हेरेर पनि जित सहज हुने दाबी भुसालपक्षीय नेताहरुको छ । 

भुसाललाई जनसमर्थन राम्रो छ । एमालेमा विद्रोह छ भने धेरै नेता कार्यकर्ता भुसालतिर लागेका छन्, अर्कातिर गठबन्धनको पनि साथ छ । यसकारण पनि भुसाल उत्साहित देखिएका छन् ।

भुसालको आगमनले राष्ट्रिय मिडियाको ध्यानसमेत यस क्षेत्रमा केन्द्रित छ ।  जसका कारण मतदाताहरू घनश्यामलाई भेट्न, उनका योजना र विचार सुन्न उत्सुक र उनीप्रति आशावादीसमेत देखिन्छन् । 

क्षेत्र नम्बर १ मा देवदह नगरपालिका, तिलोत्तमा नगरपालिकाका वडा नम्बर ७, ८, ९, १०, ११, १२, १५, १६ र १७ तथा ओमसतिया गाउँपालिकाका १, ३, ४, ५, ६ र रोहिणी गाउँपालिका पर्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  ०९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro